नेविसंघ मन्थली क्याम्पसकाे नेतृत्वमा बिपुल राेका
रामेछाप – मन्थली सहिद स्मृति बहुमुखी क्याम्पस मन्थलीमा मंगलबार सम्पन्न नेपाल विद्यार्थी संघकाे सातौँ अधिवेशनले बिपुल राेकाकाे नेतृत्वमा नयाँ कार्य समिति चयन गरेकाे छ । अधिवेशनले बिपुलकाे अध्यक्षमा १७ सदस्यीय कार्य समिति सर्वसम्मत रूपमा चयन गरेको हाे ।
सर्वसहमत चयन हुनेहरुमा उपाध्यक्ष त्रयमा क्रमशः कर्ण श्रेष्ठ , सुशील भट्टराई र मनीषा काफ्ले रहेका छन् । त्यसै गरी सचिवमा –छाया तामाङ ,सहसचिव –जीवन तामाङ र राकेश श्रेष्ठ चयन भएका छन् । कोषाध्यक्षमा दीक्षा महत सदस्यहरूमा नवीन पौडेल , लक्ष्मी माझी, मनिल श्रेष्ठ र नमुना रोका चयन भएका छन् ।
त्यसैगरि अन्य सदस्यहरूमा बिपना रोका, भावना के.सी, कमक के.सी,ओमकिन गोले र अनिशा कार्की चयन भएको नेविसंघ जिल्ला समिति रामेछापका उपसभापति विमल पौडेलले जानकारी दिए ।
अधिबेशन नेपाली काँग्रेस रामेछापका पूर्व महासमिति सदस्य डा.सुमन कर्माचार्यको प्रमुख आतिथ्य तथा क्याम्पस इकाईका सभापति युवराज थापा मगरको अध्यक्षतामा भएको हो ।
त्यसैगरी नेपाली काँग्रेस रामेछापका पार्टी सचिव दीपक खड्का तथा नेपाल विद्यार्थी सङ्घ रामेछापका अध्यक्ष विनोद बुढाथोकी,नेपाल विद्यार्थी सङ्घका जिल्ला उपाध्यक्ष विमल पौडेल लगायतका नेताहरूको उपस्थिति रहेकाे थियोे ।
अधिबेशनमा वक्ताहरुले प्रजातान्त्रिक र शैक्षिक आन्दोलनमा नेविसंघले खेलेको भूमिकासँगै नयाँ नेपाल निर्माणको अभियानमा नेपाल विद्यार्थी सङ्घले खेलेको भूमिकाका बारेमा आ – ।आफ्नो धारणा राखेका थिए । सो अवसरमा वक्ताहरूले नेविसँघका विद्यार्थिहरुलाई सङ्गठनको भावना अनुसार काम गर्न पनि आग्रह गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस