मानवीय रिपोर्टिङ सम्बन्धि तालिम
बनेपा – नेपाल रेडक्रस साेसाइटीद्वारा मानवीय रिपोर्टिङ सम्बन्धि बनेपामा ३ दिने तालिम सम्पन्न भएकाे छ । उक्त तालिमा विभिन्न मिडियामा कार्यरत २३ जना पत्रकारकाे सहभागीता रहेकाे थियाे ।
नेपाल रेडक्रस साेसाइटीले मानवीय सेवा सम्बन्धि खाेज तथा अनुसन्धान मुलक रिपोर्टिङ गर्न र मानवीय संवेदनशीलतालाई ख्याल गरेर रिपोर्टिङ गर्नका लागि पत्रकारहरुले ध्यानदिनु पर्ने कुराहरुका विषयमा प्रष्ट पार्ने उद्देश्यले तालिम संचालन गरेकाे हाे ।
तालिममा समापन कार्यक्रममा बाेल्दै नेपाल रेडक्रस साेसाइटीका अध्यक्ष सुदर्शन प्रसाद नेपालले पत्रकार आवाज विहिनकाे आवाज भएकाे बताउदै विपतका समयमा नागरिककाे आवस्यकता सरकार सम्म पुर्याउने र सरकारलाई जिम्मेवार बन्न खबरदारी गर्ने भएकाले पत्रकारकाे भुमिका विपदका बेला झनै प्रभावकारी हुने बताए । कुनैपनि किसिमकाे विपत्तिमा परेका नागरिकलाई पत्रकारले मिडिया मार्फत आशा जगाउने,पिडामा मलम लगाउने र।सकारात्मक साेचकाे विकास गराउने काम गर्नुपर्ने भएकाे हुदा मानवीयतालाई ध्यान दिएर मानवीय रिपोर्टिङ गर्न अनुराेध गरे ।
विपदका बेला मानवीय कार्य गरेर पिडामा मलम लगाउने काम गर्ने गरेकाे रेडक्रस साेसाईटीले पत्रकारितामा पनि मानवीय कुरालाई ध्यान दिएर रिपोर्टिङ गर्न सक्दा अझ प्रभावितलाई मलम लगाउन मद्दत पुग्ने नेपाल रेडक्रस साेसाइटीका मानिविकी तथा संचार विभागका निर्देशक बिष्णु न्याैपानेले बताए ।
तालिममा सहभागी पत्रकारहरुले नेपाल रेडक्रस साेसाइटीकाे पछिल्लो समय विपदका समयमा तत्काल उध्दार तथा राहतका लागि पुग्न नसकेको गुनासाे गरेका थिए । त्यस्तै रेडक्रस पनि सरकारी निकाय जस्तै प्रमुख जिल्ला अधिकारी र स्थानीय निकायकाे निर्देशन पर्खिने गरेकाे गुनासाे गरे । त्यसैगरी रेडक्रसले प्रदान गर्दै आएकाे मानिवीय सेवा प्रचार नहुदा ,पहुच नहुने र सामान्य नागरिकले रेडक्रसकाे सेवा प्राप्त गर्न नसकेकाे बताए थिए ।
नेपाल रेडक्रस साेसाइटीकाे।राष्ट्रिय प्रशिक्षण केन्द्र बनेपामा पाैष ७ गते देखि ९ गते सम्म संचालन भएकाे उक्त तालिमकाे सहजिकरण कृष्ण चन्द्र चालिसे, जगत नेपाल र लक्ष्मण दत्त पन्तले सहजिकरण गरेका थिए ।
क्याटेगोरी : समाज
ताजा अपडेट
- १ रामेछाप ‘सम्पदा पदमार्ग’को तयारी पूरा, शनिबारदेखि पदयात्रा सुरु हुँदै
- २ रमेश दुलाल (कागे)ले गरे २३ ओैं काग सम्मेलन
- ३ सरकारसँग ६ बुँदे सहमतिपछि डा. केसीको सत्याग्रह अन्त्य
- ४ सभापति थापाको नाम जोडिएको अडियोबारे स्वतन्त्र छानबिन गर्न महामन्त्री राणाको माग
- ५ प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश रोक्न राष्ट्रपतिलाई महासंघको आग्रह
- ६ विपद् उद्धारका लागि प्रहरीलाई एसएस फाउण्डेशनको सामग्री सहयोग
- ७ रामेछापका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक जैसवार ‘ उत्कृष्ट प्रहरी’ घोषित
- ८ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु













प्रतिक्रिया दिनुहोस