स्वर्गीय राजनारायणकाे स्मरणमा स्मृति ग्रन्थ
काठमाडौ – रामेछाप काठमाडौ सम्पर्क समितिका सभापति स्वर्गीय राजनारायण श्रेष्ठको स्मरणमा स्मृति ग्रन्थ प्रकाशन भएकाे छ । सम्पर्क समितिले स्वर्गीय श्रेष्ठकाे स्मरणमा बुधबार एक कार्यक्रमका बिच स्मृति ग्रन्थ सार्वजनिक गरेकाे हाे ।
सम्पर्क समितिद्वारा स्व श्रेष्ठको स्मरणमा प्रकाशन गरिएकाे स्मृति ग्रन्थकाे नेपाली कांग्रेसका पुर्व महामन्त्री शशांक काेईरालले बुधबार विमाेचन गरेका छन् । ग्रन्थ विमाेचनका क्रममा पुर्व महामन्त्री काेइरालले आफ्ना स्वर्गीय पिता विपि काेइरालालाई स्मरण गर्दै स्वर्गीय राजनारायण श्रेष्ठ पनि विपि जस्तै आफ्ना लागि भन्दा पनि अरुका लागि लड्ने र अरुका विषयमा साेच्ने नेता भएकाे बताए ।
काेइरालाले स्वार्गिय राजनारायण श्रेष्ठ प्रति श्रद्धा सुमन अर्पण गर्दै भने “राजनिती भनेकै अरुका लागि गरिने रहेछ , मेराे बुबा विपि काेइराला पनि सधै अरुका लागि मात्र काम गर्नुहुन्थ्यो , आफ्नाे र परिवारकाे लागि भन्दा पनि अरुका लागि काम गर्ने गर्नु हुन्थ्याे । त्यस्तै स्वर्गीय राजनारायणका विषयमा पनि मैले यहाँ धेरै सुने ,उहाँ पनि अरुका लागि काम गर्ने स्वभावकाे नेता हुनुहुदाे रहेछ ।”
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस