मेयर बालेन एमाले विरुद्ध परिचालित: नेकपा महासचिव पाेख्रेल
काठमाडौ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह नेकपा एमालेविरुद्ध परिचालित भएको एमालेका महासचिव शङ्कर पोखरेलले आराेप लगाएका छन् ।
शुक्रबार भएकाे एमालेकाे जागरण सभापछि सार्वजनिक स्थलमा फाेहाेर गरेकाे भन्दै काठमाडौं महानगरले जरिवाना गर्ने भएपछि एमाले महासचिव पाेख्रेलले सामाजिक संजाल फेसबुक मार्फत मेयर शाहलाई एमालेविरुद्ध परिचालित भएको प्रस्ट भएकाे बताएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा महासचिव पोखरेलले कार्यक्रम समापन पछि फोहोर उठाउन महानगरपालिसँग गाडी पठाइदिन अनुरोध गर्दा गर्दा नपठाएर अझ फोहोर गरिएको भन्दै मेयरको निर्देशनमा जरिवानाको प्रचार गरिएको उल्लेख गरेका छन् ।
शुक्रबार दरबारमार्गमा भएकाे एमालेकाे जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको हो ।
फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस