विभिन्न समुहले काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्दै , ५ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन
काठमाडौं – काठमाडौंका विभिन्न स्थानमा विभिन्न समूहले आज प्रदर्शन गर्दै छन् । सत्ताधारी नेकपा एमाले र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ समूहले पनि काठमाडौंका विभिन्न स्थानमा प्रदर्शन गर्ने भएका छन् भने केही दिनदेखि माइतीघरमा सहकारी पीडितहरूले प्रदर्शन गरिरहेका छन् ।
एमालेले दरबारमार्गमा जागरणसभा गर्दैछ । एमालेले भद्रकालीबाट र्याली निकालेर सुन्धारा, वीर अस्पताल, रत्नपार्क घन्टाघर हुँदै दरबारमार्गमा सभा गर्नेछ । यस्तै हाल हिरासतमा रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईँको समूहले पनि कोटेश्वरमा प्रदर्शन गर्दैछ । यसरी आज एकैदिन तीन ठाउँमा प्रदर्शन हुने भएपछि जिल्ला प्रशासन कार्यालयले काठमाडौंको सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।
विभिन्न समुहको प्रदर्शनले आम नागरिकको जनजीवनमा प् प्रभाव पर्न सक्ने भएकाले नागरिकको जनजीवनलाई सहज र सुरक्षित बनाउन आज पाँच हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी गराएका छन् ।
त्यस्तै ट्राफिक व्यवस्थापन लागि पाँच सयभन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको जानकारी प्रजिअ आचार्यले जानकारी दिएका छन् । सुरक्षामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल खटिने उनले बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ प्रहरी नायब उपरीक्षक सुरज कार्की ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित
- २ जिल्ला अदालत रामेछापमा ८१.४१ प्रतिशत मुद्दा फर्छ्योट
- ३ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- ४ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ५ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ६ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ७ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ८ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल















प्रतिक्रिया दिनुहोस