रामेछापमा पर्यटनको प्रचुर संभावना : पर्यटन मन्त्री ठकुरी
रामेछाप – बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री बिमल ठकुरीले रामेछाप जिल्लामा पर्यटनको प्रचुर संभावना देखेका बताए ।
रामेछाप जिल्लामा धार्मिक तथा सांस्कृतिक सम्पदाहरु प्रसस्त भएकाे भन्दै मन्त्री ठकुरीले जिल्लामा पर्यटनको प्रचुर संभावना देखेकाे बताए । शनिबार गन्तव्य टुडे देैनिककाे ८ ओै बर्ष प्रवेशकाे अवसरमा आयाेजित कार्यक्रममा बाेल्दै उनले रामेछाप जिल्लामा भएकाे पर्यटकीय संभावनाका क्षेत्रहरुलाई हेक्कामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसैगरी उनले भने बजेट विनियोजन पछि आफू मन्त्री भएकाले यस बर्ष भने नयाँ याेजनामा काम गर्न नसकिने भएपनि रामेछापको पर्यटन प्रबर्द्धनका लागि प्रदेश सरकारकाे ध्यान तानिएकाे बताए ।
यसैगरी कार्यक्रम रामेछाप नगरपालिकाका प्रमुख लवश्री न्याैपानेले रामेछाप जिल्ला थुप्रै पर्यटकीय क्षेत्र भएकाे उल्लेख गर्दै रामेछापको केवलेश्वर महादेव देखि डान्सिङ्ग गढेश सम्मलाइ पर्यटकीय करिडाेर बनाउन सकिने बताए ।
त्यस्तै रामेछाप जिल्लालाई धार्मिक , राजनिती , सांस्कृतिक र भाैतिक पर्यटककाे रुपमा बिकास गर्न सकिने नेपाली कांग्रेसका कार्यबाहक सभापति लेख बहादुर कार्कीले बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस