दाेरम्बाकाे पहिराे पिडित भेट्न पुगे उर्जा राज्यमन्त्री तामाङ , जाेखिममा रहेकाे बस्ति हटाउन निर्देशन
रामेछाप – उर्जा जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ (कान्छाराम)दाेरम्बा शैलुङकाे पहिराे पिडित भेट्न पुगेका छन् । आइतबार दिउसाे राज्यमन्त्री तामाङ् हवाइजहाज मार्फत पहिराे पिडित भेट्न गएका हुन ।
गएराति परेकाे बर्षाका बारण दाेरम्बा शैलुङ ३ लेखर्कमा गएकाे पहिराे पिडितलाई भेटेर पिडितकाे अवस्था र क्षतिकाे अध्ययन गरेका छन् । पहिराे गएकाे स्थलमा पुगेका राज्यमन्त्री तामाङले ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति १० हजारका दरले राहत उपलब्ध गराएका छन् । र घाइतेलाई उपचारका लागि काठमाडौ पठाएका छन् ।
त्यसैगरी राज्यमन्त्री तामाङले पहिराेका कारण जाेखिममा परेकाे बस्ति तल्काल सारेर व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
उक्त पहिरामा परेर हालसम्म ६ जनाले ज्यान गुमाएका छन् ,एक जना घाइते भएका छन् भने ४ जना बेपत्ता भएका छन् । साे पहिराले ३ वटा घर बगाएकाे र एउटा घर पुरियाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस