भष्ट्राचार मुद्दामा हदम्याद नस्विकार्ने ः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भष्ट्राचार विरुद्धको मुद्दामा हदम्यााद नस्विकार्ने बताएको छ । मंगलबार बसेको रास्वपा संसदीय दलको बैठकले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने निर्णय गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनको विपक्षमा उभिने निर्णय गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले भ्रष्टाचार निवारणसम्बन्धी बनिरहेको कानुनमा हदम्याद राख्ने विषय स्वीकार्य नहुने बताएका हुन् । यसका विरुद्धमा पार्टीले सदनमा समेत सशक्त आवाज उठाउने बताए ।
त्यसैगरी उनले भ्रष्टाचारको मुद्दा कुनैपनि बेला चल्न सक्ने भएकाले हदम्याद राख्न नहुने बताए । विगतमा गरेका भ्रष्टाचारबाट उन्मुक्ति पाउन दलहरूले यस्तो प्रयास गरेको हुनसक्ने आरोप लगाउदै रास्वपाले अस्वीकार गरेकाे हाे ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस