राज्य मन्त्री तामाङलाई स्थानीयद्वारा भब्य स्वागत
उर्जा जलस्रोत तथा सिचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ ( कान्छाराम) लाई जन्मस्थलमा स्थानीयद्वारा भब्य स्वागत गरेका छन् । तामाङ मन्त्री भएपछि पहिलाे पटक गाउँ पुगेका मन्त्रीलाई स्थानियहरुले भब्य स्वागत गरेकाे हाे ।
उर्जा राज्यमन्त्रीमा नियुक्त भएपछि पहिलोपटक शुक्रबार साझ जन्मस्थल रामेछापको गाेकुलगंगा आफ्नै गाउँ पुगेका मन्त्री तामाङलाई स्थानीयले पञ्चेबाजा सहित फुलमाला, अबिर तथा खादा लगाएर स्वागत गर्दै सफल कार्यकालकाे शुभकामना दिए । आफ्नै गाउँकाे मन्त्री पाएपछि खुसिले गदगद भएका स्थानीयले मन्त्रीलाई सबैकाे भावनाकाे कदर गरेर काम गर्न सुझाव दिए ।

मन्त्री तामाङले सबैकाे साथ , सहयोग , सद्भाव र आशिर्वादले मन्त्री बनेकाे भन्दै सम्पुर्णलाई धन्यवाद व्यक्त गरे । त्यसैगरी मन्त्रीकाे हैसियतले काम गर्नेक्रममा कुनैपनि पार्टी ,जात र भुगाेल नभनी सबैतिर समान रुपमा विकासको लागि काम गर्ने बताए । आफ्नाे गाउँ पुगेका मन्त्री तामाङले आफू मात्र मन्त्री नभएकाे भन्दै सबैजना मन्त्री भएकाे सम्झनु भनेर खुसि समेत बाडेका थिए ।

गाउँ पुगेका मन्त्री तामाङलाई पालिका कार्यालय ,वडा कार्यालय ,विद्यालय ,सामाजिक संघ संस्था तथा स्थानियहरुले बाटाेमा गेट बनाएर घडा राखेर फुलमाला र अबिर लगाएर बधाई दिएका थिए ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस