विद्युत् महशुल बक्यौता तत्काल असुल गर्न उर्जा राज्य मन्त्री तामाङकाे निर्देशन
उर्जा जलस्राेत तथा सिँचाइ राज्यमन्त्री पुर्ण बहादुर तामाङ (कान्छाराम ) ले विद्युत् महशुल बक्यौता तत्काल असुल गर्न निर्देशन दिएका छन् । सुनकाेशि जलविद्युत वितरण केन्द्रका कर्मचारीसँगकाे भेटघाटमा मन्त्री तामाङले यस्ताे बताएका हुन् ।
मन्त्री तामाङले शुक्रबार सिन्धुपाल्चोककाे सुनकोसी जलविद्युत वितरण केन्द्र लामिडाँडाकाे अवलाेक गरेका छन् । साेहीक्रममा मन्त्री तामाङले विभिन्न कम्पनिहरुले विद्युत् महशुल नतिरेर अटेर गरकाे पाइएकाे र जसले गर्दा राज्यलाई घाटा लागिरहेकाे भन्दै माेटाे रकम बक्यौता रहेकाहरुकाे तत्काल रकम उठाउन पहल गर्न र मन्त्रालयलाई जानकारी गराउन समेत उनले आग्रह गरे ।
त्यस्तै मन्त्रि तामाङले प्राधिकरणका कर्मचारीलाई उर्जाशिल भएर काम गर्न आग्रह गरेका छन् । कर्मचारीले काम गरेमात्र उपलब्धि हासिल गर्न सकिने भन्दै कर्मचारीलाई उर्जाका साथ काम गर्न आग्रह गरेका हन् ।उनले उदाहरणीय काम गर्ने कर्मचारीकाे उचित मुल्यांकन गरेर सम्मान गर्न समेत मन्त्रालय तयार रहेकाे बताए ।
मन्त्री तामाङ शुक्रबार गृहजिल्ला रामेछाप जानेक्रममा सिन्धुपाल्चोक जिल्लाकाे सुनकाेशी जलविद्युत वितरण केन्द्रकाे अवलोकन गरेका हुन् । तामाङ मन्त्री भएकाे उपलक्ष्यमा उनकाे जन्मभूमि रामेछापकाे गाेगुलगंगा गाउपालीका वडा नम्बर १ चुचुरेले शनिबार भब्य स्वागत तथा बधाई दिने कार्यक्रम तय गरेकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस