ट्रेड युनियनलाई मजदुरकाे समस्या बुझेर काम गर्न सभापति तामाङकाे आग्रह
रामेछाप – नेपाली कांग्रेस रामेछापका सभापति एंव संघिय सांसद पुर्ण बहादुर तामाङ (कान्छाराम)ले ट्रेड युनियनहरुले मजदुरकाे समस्या बुझेर काम गर्नुपर्ने बताएका छन् । बुधबार अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा सांसद तामाङले यस्ताे बताएका हुन ।
नेपाल ट्रेड युनियन कांग्रेस रामेछापले बुधबार १३५ ओैं अन्तरास्ट्रिय श्रमिक दिवसका अवसरमा मन्थलीमा आयाेजना गरेकाे दिपप्रज्वलन कार्यक्रममा कांग्रेस सभापति तामाङले ट्रेड युनियनले सबै भन्दा तल्ताे तहमा बसेर काम गर्ने श्रमिकहरुकाे समस्या बुझेर काम गर्नु पर्ने बताएका हुन् । उनले सडकमा , हाेटलहरुमा र दैनिक ज्याला मजदुरी गर्नेहरुकाे समस्या बुझेर उनिहरुकाे अधिकार र हितका लागि ट्रेड युनियनले आवस्यक पहल कदमी गर्नु पर्ने बताए ।

ट्रेड युनियनले दिवसका अवसरमा श्रमिक आन्दोलन दिवंगत भएकाहरुकाे संझना र श्रमिककाे अधिकार स्थापित भएकाे संझनामा मन्थलीकाे देवकाेटा चाेकमा दिप प्रज्वलन गरेकाे हाे ।
कार्यक्रम नेपाली कांग्रेसका सभापति एंव संघिय सांसद पुर्ण बहादुर तामाङ (कान्छाराम) काे प्रमुख आतिथ्यता तथा ट्रेड युनियन कांग्रेस रामेछापका अध्यक्ष अर्जुन कुमार श्रेष्ठको अध्यक्षतामा भएकाे थियाे । कार्यक्रममा ट्रेड युनियनमा आबद्ध श्रमिक संघ संस्थाहरुकाे प्रतिनिधि , कांग्रेस नेताहरुकाे सहभागीता रहेकाे थियाे ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई
- २ ३२औँ कार्गो दिवस सम्पन्न, व्यापार सहजीकरणमा फ्रेट फरवार्डिङ क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री बानियाँ
- ३ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- ४ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ५ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ६ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ७ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ८ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय













प्रतिक्रिया दिनुहोस