नेका बागमती प्रदेशकाे शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा रामेछापका घिमिरे मनाेनित
काठमाडौ – नेपाली कांग्रेस बागमती प्रदेशकाे शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखकाे जिम्मेवारीमा रामेछापका उज्ज्वलराम मनाेनित भएका छन् । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले शनिबार एक समारोहका बिच मनाेनित गरेकाे पत्र हस्तान्तरण गर्दै घिमिरेलाई विभाग प्रमुखकाे जिम्मेवारी प्रदान गरेका हुन् ।
नेपाली कांग्रेस बागमती प्रदेशकाे पत्रकाे चलानी नम्बर ४८९ ।०८०।०८१ काे पत्र अनुसार घिमिरेलाई समन्वय विभाग प्रमुखमा मनाेनित गरि जिम्मेवारी प्रदान गरिएकाे हाे । घिमिरेलाई नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा १३ (१०)झ बमोजिम उक्त जिम्मेवारीमा प्रदान गरिएकाे छ ।
उक्त विभाग प्रमुखले नेपाली कांग्रेसका बागमती प्रदेश अन्तर्गतका विभिन्न शुभेच्छुक संस्थाहरुसँग समन्वय गरि संस्थाहरुलाई चुस्त दुरुस्त संचालन गर्न , संस्थाहरुलाई क्रियाशील बनाउन विस्तार गर्न कुनैपनि गतिविधि संचालनका लागि सहजिकरण गर्ने उदेश्यले उक्त जिम्मेवारीमा घिमिरेलाई जिम्मेवारी प्रदान गरेकाे छ हाे ।
शुभेच्छुक संस्था समन्वय विभाग प्रमुखमा मनाेनित भएका घिमिरे नेपाली कांग्रेस बागमति प्रदेश समितिकाे निर्वाचित सदस्य हुन ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस