चैत्र ३ गते रामेछापमा तरुण सम्मेलन हुने
रामेछाप – नेपाल तरुण दल रामेछापले यहि चैत्र ३ गते रामेछापमा ‘तरुण जिल्ला सम्मेलन’ गर्ने भएको छ । तरुण दल रामेछापकाे शनिबार मन्थलीमा बसेकाे बैठकले सम्मेलन गर्ने निर्णय गरेकाे हाे ।
बिपी स्मृति भवन मन्थलीमा तरुण दल रामेछापका अध्यक्ष काजीबहादुर खड्का (दिनेश) को अध्यक्षतामा बसेकाे उक्त बैठकले तरुण जिल्ला सम्मेलन गर्ने निर्णय गरेकाे तरुण दल रामेछापका सह सचिव जीवन कार्कीले जानकारी दिए । बैठकमा केन्द्रीय सदस्यहरू जितेन्द्र खड्का, सौरव केसी, योगेश श्रेष्ठ र रमेश खड्का सहित जिल्ला कार्यसमितिकाे पदाधिकारी , सदस्य तथा तरुण नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।
उक्त सम्मेलनले तरुण नेता तथा तरुण दललाई सक्रिय बनाउन र संगठनलाई चलाएमान बनाउन सहयोग पुग्ने विश्वास तरुणदलले लिएकाे तरुण दल रामेछापका अध्यक्ष काजिबहादुर खड्का (दिनेश) ले बताए ।
यश तरुण सम्मेलनमा जिल्लाका सबै तहका तरुण नेताहरुकाे सहभागीता रहनेछ भने सम्मेलनमा तरुण दलकाे अवस्था ,भावी कार्ययोजना तथा कार्यक्रमहरुका विषयमा वृहत् छलफल हुने तरुण दल रामेछापका सहसचिव कार्कीले जानकारी दिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस