एमालेले मंसिरमा मध्यपहाड यात्रा गर्ने
काठमाडौं – नेकपा एमालेले मंसिरमा मध्यपहाडको यात्रा गर्ने भएकाे छ । एमालेले मध्यमंसिरमा मध्यपहाडकाे यात्रा गर्ने भएकाे हाे
यसअघि एमालेले २०७३ सालको फागुन २१ गते देखि महेन्द्र राजमार्ग मार्फत मधेसको भूगोलमा मेची महाकालीको यात्रा गरेको थियाे । त्यसैगरी आगामी मंसिरमा एमालेले पुष्पलाल लोकमार्ग मार्फत मध्य पहाड यात्रा गर्ने भएको छ ।
एमालेकाे बुधबार केन्द्रीय सचिवालयको बैठकले मंसिर १४ गते देखि तीन साता यात्रा गर्ने निर्णय गरेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिएका छन् । ज्ञवालीकाे अनुसार यात्राकाे नारा ‘झुलाघाट– चिवा भञ्ज्याङ,समृद्धिका लागि संकल्प यात्रा’ रहेकाे छ । यो यात्रा पुष्पलाल लोकमार्ग (मध्यपहाडी राजमार्ग)को पश्चिमी सुरुवाती विन्दु बैतडीको झुलाघाटबाट मंसिर १४ गते विहान ८:३0 बजेबाट सुरु हुनेछ ।
उपमहासचिव ज्ञवालीका अनुसार एमालेले आयोजना गरेको यात्रामा मध्यपहाडबाट भइरहेको बाह्य बसाँइसराइ कम गर्न बहस चलाउनेछ । मध्यपहाडी लोकमार्गमा निर्माण गर्ने भनिएका ठूला सहरहरुकाे काम चाँडो सम्पन्न गर्न दबाब दिने । यस्तै मध्यपहाडको जलस्रोत,जडिबुटी जस्ता प्राकृतिक स्रोतको पहिचान र परिचालनका लागि बहस चलाउने र ध्यपहाडको समृद्धिका सम्भावना पहिल्याउन यात्रा सहयोगी बन्ने एमालेले जनाएको छ ।
।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस