भुकम्प पिडितलाई कांग्रेसले ५० लाख सहयाेग गर्ने
काठमाडौ – जाजरकोट भूकम्पका पिडितलाई नेपाली कांग्रेसले ५० लाख सहयाेग गर्ने भएकाे छ । कांग्रेसले भुकप्पमा परेकाको उद्धार, राहत र पुनर्स्थापनाका लागि पार्टीको तर्फबाट ५० लाख सहयोग गर्ने भएको हाे ।
नेपाली कांग्रेसकाे केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शनिबार विज्ञप्ति निकालेर सहयोग गर्ने घोषणा गरेका छन् । उक्त रकम कांग्रेसले सरकारलाई उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
शक्रबार राति मध्येरातमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो संख्यामा मानवीय तथा भौतिक क्षति भएको छ ।
यस घटनाले समस्त नेपालीलाई मर्माहत र दु:खी बनाएको उल्लेख गर्दै कांग्रेसले यस्तो समयमा सरकार, राजनैतिक दलहरु, संघ-संस्था सबै एक भएर विपत्तिको सामना गर्न सबैमा अपील गरेको छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस