कांग्रेस नेतृ पाण्डेको निधन , कांग्रेसले ३ दिन शाेक मनाउने
काठमाडौ – नेपाली कांग्रेसकी नेतृ मिना पाण्डेको निधन भएको छ । लामो समयदेखि क्यासरबाट पीडित पाण्डेको मंगलबार बिहान ७ बजे काठमाडौंमा निधन भएको हो ।
पाण्डे २०४८ सालकी सांसद हुन् भने ०५१ मा महिला, बालबालिका तथा समाजकल्याणमन्त्री भएकी थिइन् । उनि ०६४ को पहिलो संविधानसभामा सदस्य हुन भने ०७४ मा समानुपातिकतर्फबाट सांसद भएकी थिइन् ।
पाण्डे नेपालमा महिला अधिकारका लागि आवाज उठाउने मध्येकी एक सशक्त महिला हुन् । नेपाली कांग्रेसको भगिनी संस्था नेपाल महिला संघको सभापतिकाे भुमिकामा रहेर काम गरेकी उनी नेपाली कांग्रेस केन्द्रीय सदस्य समेत बनेकी थिइन् । उनी पद्मकन्या क्याम्पसको पहिलो स्ववियु सभापति समेत हुन ।
उनी लामो समयदेखि स्वासप्रश्वास सम्बन्धि रोगबाट पिडित थिइन ।
पाण्डे प्रति सम्मान प्रकट गर्दै कांग्रेसले ३ दिन जेठ १६, १७ र १८ गते शाेक मनाउने भएकाे छ । पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने र जेठ १७ गते केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने निर्णय गरेको छ।
निधन भएको १३ दिनसम्म केन्द्र र जिल्ला कार्यालयहरुमा शोक पुस्तिका राखिने र १३ औं दिनमा सम्बन्धित जिल्लामा शोक सभाको आयोजना गर्ने गरेकाे नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- २ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ३ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ४ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ५ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ६ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ७ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ८ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी















प्रतिक्रिया दिनुहोस