पत्रकारको न्युनतम पारिश्रमिक ३४ हजार पुर्याउन सरकारलाई सिफारिस
काठमाडौ – न्यूनतम पारिश्रमिक निर्धारण समितिले पत्रकारहरुको न्यूनतम पारिश्रमिक ३४ हजार १ सय २५ पुर्याउन सरकारलाई सिफारिस गरिएको छ । आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मालाई समितिकी अध्यक्ष संगीता खड्काले प्रतिवेदन सहित सिफारिस गरेकाे हाे ।
समितिको सिफारिस प्रतिवेदन बुझ्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले समितिले प्राप्त प्रतिवेदन अध्ययन गरी कार्यान्वयनमा लैजानका लागि प्रतिबद्धता व्यक्त गरिन् । उक्त विषयमा मन्त्रालय सकारात्मक भएकाे बताउदै मन्त्री शर्माले के कसरी अगाडि बढ्ने भन्नेमा कुरामा मन्त्रालयले गृहकार्य गर्ने बताइन् ।
समितिले सिफारिस गरेकाे पत्रकारको पारिश्रमिक जसमा सहायक संवददाताको ३४ हजार १ सय २५, संवाददाता, फोटो पत्रकार, प्रेस प्रतिनिधिको ३७ हजार ५ सय ३८, वरिष्ठ संवाददाता, भाषा सम्पादक, सहायक सम्पादकको ४० हजार ९००, उपसम्पादकको ४३ हजार २ सय ७२, वरिष्ठ भाषा सम्पादक, वरिष्ठ फोटो पत्रकारको ४५ हजार ३०० र प्रमुख समाचारदाता, समाचार संयोजक, समाचार सम्पादक, श्रब्य, दृश्य, फोटो सम्पादकको ४८ हजार, सहसम्पादकको ५० हजार ४०० न्यूनतम पारिश्रमिक निर्धारण गरिएको छ ।
यसअघि पत्रकारको न्यूनतम तलब २४ हजार ३७५ तोकिएको थियो ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस