बारा २ मा उपेन्द्र यादव विजयी
बारा- बारा जिल्लाकाे निर्वाचन क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव निर्वााचित भएका छन । निकटतम प्रतिद्वन्द्वी शिवचन्द्र कुशवाहालाई ५ हजार ८१ मतले पछि पार्दै यादव विजयी भएका हुन ।
यादवले २८ हजार ४ सय १५ मत प्राप्त गरेका छन् भने कुशवाहाले २३ हजार ३ सय ३४ मत प्राप्त गरेकाे जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिए ।
त्यसैगरी एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् । पूर्वडी आईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस