ढाडेबजारकाे इमरन इलेक्ट्रोनिक पसलमा आगाेलागि
रामेछाप – लिखुतामाकाेसी २ ढाडे बजारमा रहेकाे इमरन इसन इलेक्ट्रोनिक पसलमा आगाेलागि भएकाे छ । मंगलबार राति भएकाे आगाेलागीबाट पसलकाे नगद तथा जिन्सी सामान जलेर नष्ट भएकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएकाे छ । ।
ढाडे बजारमा रहेकाे किसान सिंह तामाङकाे घरमा रहेकाे इलेक्ट्रोनिक पसलमा गएराति विहान विजुलीकाे तार सर्ट भएर आगाेलागि हुन पुगेकाे थियाे । आगाेलागिबाट पसलमा भएकाे सबै सामान जलेर नष्ट भएकाे छ ।
आगाेमा परेर नष्ट भएकाे सामानहरुमा ३ थान सिलाइ मेसिन,१ थान ल्यापटप, २ थान प्रिन्टर , कपडाकाे राेल र फर्निचर सहित २४ लाख ४५ हजार भन्दा धेरै क्षेति हुन पुगेकाे जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी राजु ढकालले जानकारी दिएका छन् ।
ढाडेसिरिशेकाे प्रहरी टाेली र स्थानियकाे सहयाेगमा
बिहान ६:३० बजेतिर आगाे नियन्त्रणमा लिएकाे सुचना अधिकारी ढकालले जानकारी दिए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ नेपाली कांग्रेस मन्थली नगरपालिकाकाे वडा सम्मेलन स्थगित
- २ वनमा आगाे लगाउदै हिडेकाे आशंकामा एक युवक पक्राउ
- ३ तारकेश्वरमा आँखा शिविर , मोतियाविन्दु देखिएका ३१ जनाको निःशुल्क शल्यक्रिया गरिने
- ४ लोकतन्त्रमा अनुशासित नेतृत्व र नैतिकता आवश्यक
- ५ राष्ट्रपति पौडेल र कतारका अमिरबीच भेटवार्ता
- ६ राष्ट्रपति पौडेलद्वारा कतारका अमिरलाई विमानस्थलमा स्वागत
- ७ आगाेलागिबाट साघुटारमा ६ घर जलेर नष्ट,आगाे नियन्त्रणमा ल्याउने प्रयास जारी
- ८ Solar Panels And Expenses Involved
प्रतिक्रिया दिनुहोस