किसानलाई भैंसि सुत्केरी भत्ता
रामेछाप – मन्थली नगरपालिका अन्तरगत १५२ जना किसानलाई भैसी सुत्केरी स्याहार प्राेत्साहन भत्ता प्रदान गरिएकाे छ ।
नगरपालिकाले चालू आर्थिक वर्षमा १७० वटा भैसिका लागि १५२ जना किसानलाई उक्त भत्ता प्रदान गरेकाे हाे ।
मन्थली नगरपालिकाकाे पशु सेवा शाखाले दुधमा आत्मानिर्भर कार्यक्रम अन्तरगत किसानलाई भैंसी सुत्केरी स्वाहार प्राेत्साहन भत्ता दिइएकाे पशु सेवा शाखाका सहायक पशु विकास अधिकृत राेहिणी चापागाईंले जानकारी दिए । किसानले दिएकाे निवेदनका आधारमा साउन ,भाद्र र असाेज महिनामा सुत्केरी भएकाे भैसिका लागि प्रत्येक भैसिकाे २५ सयका दरले प्राेत्साहन भत्ता उपलब्ध गराइएकाे चापागाईंले बताए । चापागाईंले भने सामान्यतया साउन ,भदाै र असाेजलाइ भैंसी सुत्केरी हुने सिजनकाे रुपमा लिने गरिन्छ । त्यसकारण साेही समयमा सुत्केरी हुने भैसिलाई मात्र प्राेत्साहन रकम उपलब्ध गराएकाे हाे ।
भैंसी सुत्केरी स्वाहार प्राेत्साहन भत्ता पाएका मन्थली १ की चिज कुमारी भुजेलले भैंसि पाल्ने किसानलाई यसरी नगरले प्राेत्साहन गरेकाेमा खुुसि व्यक्त गरिन । उनकाे घरमा बर्सेनि २-३ वटा भैंसी सुत्केरी हुने गरेकाे बताइन ।
त्यस्तै अर्का मन्थली ७ का किसान कृष्ण बहादुर कार्कीले पनि नगरले संचालन गरेकाे किसान प्राेत्साहन कार्यक्रम प्रसंसा याेग्य भएकाे बताए । उनले भने यसरी नगरले सहयाेग गरेकाे रकमले थाेरै भएपनि भैंसी बिरामी हुदा ओैषधि किन्न , प्राविधिक बाेलाउन , दाना किन्न समेत सहयाेग पुगेकाे बताए ।
त्यसैगरी यसरी सिजनमा मात्र हुने सुत्केरी भैंसीलाई मात्र कार्यक्रमले समेट्दा अधिकांश किसान छुट्न पुगेकाले किसानहरुले गुनासाे गरेका छन् । सबै किसानलाई समेट्न सकिने गरि कार्यक्रम ल्याउन किसानहरुले माग गरेकाे छन्
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस