कोईरालाको १३ औं स्मृति सभा
रामेछाप । नेपाली काँग्रेसका नेता शिखर पुरुष स्वर्गीय गिरीजा प्रसाद कोइरालाको १३ औं स्मृति दिवसको अवसरमा जिपी फाउण्डेसन रामेछापले स्मृति सभाको आयोजना गरेको छ ।
फाउण्डेसनका जिल्ला अध्यक्ष दिपक खड्काको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काँग्रेस नेता ध्रुवहरी ढुंगेलले स्वर्गीय गिरीजा प्रसाद कोइराला निडर र नागरिकको लोकतान्त्रिक अधिकारका लागि कहिल्यै नथाक्ने योद्धा भएको उल्लेख गरे ।
कार्यक्रममा काँग्रेस जिल्ला उपसभापति लेखवहादुर कार्कीले गिरीजा प्रसाद कोइरालाको एक सुत्रिय मागको अडानका कारण नेपालमा राजाबाट विघटित प्रतिनिधिसभाको पुनस्थार्पना र १० बर्षे युद्धको अन्त्य भएको उल्लेख गर्दै कोइरालाका विभिन्न आयामहरुको चर्चा गरेका थिए । कार्यक्रममा काँग्रेसका पूर्व कोषाध्यक्ष कुमार श्रेष्ठ, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष बद्री नयाँघरे, नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष विनोद बुढाथोकी लगाएतले स्वर्गीय कोइरालाको नेपालमा लोकतन्त्र प्राप्ति र अधिकारका लागि उल्लेखनिय भूमिका रहेको औल्याएका थिए ।
कार्यक्रममा फाउण्डेशनले केहि दिन अघी मात्र शहिद स्मृति बहुमुखि क्याम्पसको स्ववियू निर्वाचनमा विजयी भएका सभापति अविनाश कार्की लगाएतलाई सम्मान गरेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस