काँग्रेसको विश्वासको मतले अर्थ राख्दैन – एमाले सचिव विष्ट
रामेछाप – नेकपा एमालेका सचिव तथा पूर्व मन्त्री गोकर्ण विष्टले नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई दिएको विश्वासको मतका कारण राष्ट्रपति लगाएत भावि निर्वाचनमा कुनै अर्थ नराख्ने वताएका छन् ।
कुन दलले के पद लिने भन्ने विषय विगतमानै सत्तासाझेदार दलहरुका विच सहमति भएकाले काँग्रेसले विश्वासको भोट दिदैमा उक्त सहमति तोडेर अर्को खेलमा लाग्ने संभावना अहिले नभएको उनले वताए । ‘सत्तासाझेदर दलहरु विच भएको सहमतिमा हामी विश्वस्त छौ’ विष्टले भने त्यसमा तलमाझी हुने संभावना म देख्दिन । सत्ता आलोपालोको सन्दर्भमा सोधिएको एक प्रश्नमा विष्टले सत्ता आलोपालोको विषय गौण रहेको वताउदै मुख्य मुद्धा जनताको न्यूनतम आवश्यकता पुरा गरी जिवनस्थर माथि उकास्न केन्द्रीत रहेकोले आलोपालोलाई एमालले महत्व नठान्ने वताए ।
प्रेस चौतारी नेपाल रामेछापले बुधबार मन्थलीमा आयोजना गरेको पत्रकार भेटघँट कार्यक्रममा विष्टले नयाँ सरकार प्रति जनताका धेरै आशा र अपेक्षा रहेकाले तिनलाई पुरा गर्दै विगतका सरकार भन्दा फरक सुशासन, विकास र आर्थिक सामाजिक क्षेत्रको विकास गर्नुपर्ने दवाव सरकारलाई रहेको वताए । भौतिक पूर्वाधार, रोजगारी श्रृजना, आधारभुत जिवनलाई माथि उकास्ने, आर्थिक क्षेत्रका समस्या सुधार गर्ने लगाएतका सन्दर्भ पुरा गर्नुपर्ने चुनौति सरकारका सामु रहेको विष्टले वताएका छन् ।
वर्तमान सरकारमा सहभागि केहि मन्त्रीका विषयमा संचार माध्यममा आएका टिका टिप्पणी स्वभाविक रहेपनि एकल पार्टीले बहुमत नआएको सन्दर्भमा त्यस्ता कमीकमजोरीको जिम्मेवारी सत्तामा रहेको ठुलो दलले समेत लिनु पर्ने अवस्था आएको विष्टले औल्याए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस