प्रदेश १ काे मुख्यमन्त्रीमा कार्की चयन
प्रदेश नम्बर १ को मुख्यमन्त्रीमा एमालेका स्थायी कमिटी सदस्य एवं प्रदेश सहइन्चार्ज हिक्मत कार्की चयन भएका छन । सत्तारूढ दलहरुबीच भागबन्डा टुंगिएसँगै आइतबार
मुख्यमन्त्रीमा कार्की चयन भएका हुन ।
मुख्यमन्त्री कार्कीलाई प्रदेशसभाका ६० सांसदहरूको समर्थन प्राप्त भएकाे छ । कार्कीले एमालेसहित माओवादी ,राप्रपा र जसपाका सांसदहरूको समर्थनमा दाबी पेश गरेका थिए । प्रदेश १ मा सत्ता गठबवन्धनबाट एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी कुल ६० सांसदहरुले समर्थन गरेका हुन् ।
नवनियुक्त मुख्यमन्त्री कार्कीले आज पद तथा गोपनीयताको शपथ लिदैछन् । यसअघि एमालेका शेरधन राई, भीम आचार्य र नेकपा एसबाट राजेन्द्र राई मुख्यमन्त्री बनिसकेका छन् भने कार्की चाैथाे मुख्यमन्त्री हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस