पुस २६ गते प्रधानमन्त्रीले विस्वासकाे मत लिने
काठमाडौ – प्रधानमन्त्री पुष्पकमल दाहालले (प्रचण्ड) ले प्रतिनिधि सभामा पुस २६ गते विस्वासकाे मत लिने भएका छन् ।
प्रधानमन्त्री दाहालले साेमवार सङ्घीय संसद्का महासचिवलाई पत्र मार्फत २६ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । प्रधानमन्त्रीले प्रतिनिधि सभाको विश्वासकाे मत लिनुपर्ने संवैधानिक प्रावधानअनुसार दाहालले विश्वासको मत लिन लागेका हुन।
प्रतिनिधि सभाका २ सय ७५ सदस्य मध्ये प्रधानमन्त्री बन्नका लागि १ सय ३८ सांसदको समर्थन लिनुपर्न हुन्छ ।
प्रतिनिधि सभाबाट विश्वासको मत पाप्त भएपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने बताएका छन् ।
प्रतिनिधि सभाको पहिलो बैठक यही पुष २५ गते बस्दै छ । यसअघि नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष (प्रचण्ड) पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण, नेपाली कांग्रेसले तीन दिन राष्ट्रिय शोक मनाउने
- २ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- ३ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ४ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ५ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ६ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ७ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ८ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय













प्रतिक्रिया दिनुहोस