स्वतन्त्र सांसद शाह एमाले प्रवेश
राैतहट- रौतहट क्षेत्र नम्बर २ बाट निर्वाचित स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह नेकपा एमालेमा प्रवेश गरेका छन् । सोमबार एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्।
स्वतन्त्र सांसद किरण साहकाे पार्टी प्रवेश कार्यक्रममा उक्त पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसदका प्रत्यासी अजयकुमार गुप्ता, प्रदेश सांसदका प्रत्यासी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियाे ।
गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत्ता गठबन्धन दलका उम्मेदवार फोर्दोस आलमलाई झन्डै ७ हजार मत अन्तरले पराजित गरी विजयी भएका थिए ।
२०७७ सालमा जसपा परित्याग गरी एमालेमा प्रवेश गरेका उनी गत निर्वाचनमा क्षेत्र २ मा एमाले जसपा गठबन्धनबाट जसपाका उम्मेदवार शैलेन्द्र साहले प्रतिनिधिसभा सदस्यको टिकट पाएपछि एमाले छोडेर स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस