कैलाशकाे गाँउमा कान्छारामलाई भव्य स्वागत
रामेछाप -सत्ता गठबन्धन दलहरुकाे खाडादेवी गाउपालिकामा भएकाे चुनावी सभामा पुगेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार पुर्णबहादुर तामाङ ( कान्छामलाइ स्थानियद्वारा भव्य स्वागत गरेका छन् ।
जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेकाे तर्फबाट उम्मेदवार रहेका कैलाश ढुङ्गेलकाे जन्मभुमि खाडादेवी गाउँपालिकामा पुगेका प्रतिनिधि सभा तथा।प्रदेश सभा सदस्यका लागि सत्ता गठबन्धन दलका साझा उम्मेदवार पुर्णबहादुर तामाङ (कान्छाराम) र युवराज चाैलागाइलाइ स्थानियले भव्य स्वागत गरेकाे छन् ।
रामेछापकाे प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धन दलका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति कान्छाराम तामाङ् र नेकपा एमालेका नेता प्रदेश सांसद तथा पुर्व मन्त्रि कैलाश ढुङ्गेल बीच प्रतिस्पर्धा हुनेछ ।
चुनावी कार्यक्रममा सहभागी भएका कान्छारा र चाैलागाइलाई १०१ किलाेकाे फुलकाे मालाले स्वागत गरेका थिए । त्यसैगरि उम्मेदवारकाे सफलताका लागि लामा गुरुहरुले लामा मन्त्र पढेर शुभ आशिर्वाद दिएका थिए । त्यस्तै स्थानियले उम्मेदवार गाउँ आएकाे खुसियालीमा स्थानिय झाकी तथा पन्चेबाजा बजाएर स्वागत गरेका थिए ।
कार्यक्रममा सहभागी स्थानियले २०४९ देखि हाल सम्म पटक – पटक सांसदकाे टिकट ढुङ्गेलले नै लिएकाे र राजनीतिक नियुक्ति पनि पटक -पटक ढुङ्गेल अआफैले मात्र लिएरहेकाे आराेप लगाउदै उनले पार्टीमा अरुलाइ अवसर नै नदिएकाे बताए ।
कार्यक्रममा खाडादेवी गाउपालिकाका स्थानियकाे उत्साह जनक सहभागीता रहेकाे छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस