गठबन्धनबाट निर्वाचन क्षेत्र बाँडफाँट आजै टुंगिने
काठमाडौँ — प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनका तर्फबाट आजै बेलुकीसम्म निर्वाचन क्षेत्र निर्वाचन क्षेत्र बाँडफाँटको टुंगो लाग्ने भएको छ । टुंगो लाग्न बाँकी निर्वाचन क्षेत्रको बारेमा छलफल गर्न सत्तारुढ गठबन्धनका चार दलको बैठक बालुवाटारमा शुक्रबार अपरान्ह वसिरहेको छ ।
बिहानैदेखि जारी बैठकमा जनता समाजवादी पार्टी (जसपा) सहभागी नभएको पाँच दलीय कार्यदलका सदस्य सचिव केशवराज जोशीले जानकारी दिएका छन् । बिहीबारसम्मको बैठकमा जसपा पनि सहभागी भएको थियो । जसपा बाहिरिएसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बालुवाटार वार्तामा सहभागी भएको छ ।
लोसपाका नेता अनिल झाले सत्तारुढ गठबन्धनको वार्ताका आधारमा तालमेल निश्चित हुने जानकारी दिए । कार्यदलले गृहकार्य गरी पठाएको प्रतिवेदनका आधारमा चार दलले शुक्रबार बेलुकीसम्म निर्वाचन क्षेत्र बाँडफाँट गरिसक्ने उनले बताए ।
निर्वाचन क्षेत्र बाँडफाँटका लागि केही दिनदेखि भएको बैठकलाई निरन्तरता दिँदै आज अन्तिम रुप दिन निर्णायक वार्ता भएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आउदो आइतबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । त्यसअघि निर्वाचन क्षेत्र बाँडफाँट टुंगोमा पु¥याउनै पर्ने दवाव सत्ता गठवन्धनलाई छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सरकारकाे विभेदकारी निर्णय विरुद्ध पत्रकार महासंघकाे धर्ना
- २ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- ३ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ४ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ५ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ६ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ७ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ८ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु















प्रतिक्रिया दिनुहोस