नेबिसंघ रामेछापको अध्यक्षमा विनोद बुढाथोकी मनोनयन
रामेछाप । नेपाल विद्यार्थी संघ रामेछापको अध्यक्षमा विनोद बुढाथोकी मनोनयन भएका छन् । नेवि संघ केन्द्रीय समितिले वुढाथोकीलाई जिल्ला अधिवेशन गराउने जिम्मेवारी सहित अध्यक्ष सुम्पिएको हो ।
बुढाथोकीलाई मनोनयन गरेको संघको पत्रमा विगत ११ बर्ष देखि जिल्ला अधिवेशन नभएको र अध्यक्षको जिम्मेवारीमा रहेका व्यक्तिको उमेर हद विधान बमोजिम ३२ बर्ष नाघीसकेको हुदाँ नेपाल विद्यार्थी संघको विधान २०२७ को छैंठौं संशोधन २०७५ बमोजिम ३ महिना भित्र जिल्ला अधिवेशन गराउने जिम्मेवारी सुम्पिएको उल्लेख छ ।
यस अघी नेपाल विद्यार्थी संघको जिल्ला अध्यक्ष पदमा सुशिल अधिकारी रहेका थिए । अधिकारीलाई समेत केन्द्रीय समितिले मनोनयन गरेको थियो । अधिकारीको नेतृत्वमा रहेको समितिलाई जिल्ला अधिवेशन गराउनका लागि यस अघी पटक पटक ध्यानाकर्षण समिति भित्रैका पदाधिकारीले गराउदै आएका थिए ।
नेविसंघ केन्द्रले नेपाली काँग्रेस संग नेपाल विद्यार्थी संघको विवरण माग गरेको र काँग्रेस जिल्ला कार्यसमितिको पत्रानुसार बुढाथोकीलाई मनोनयन गरीएको समेत जनाइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस