कैदी ,कर्मचारी र सुरक्षाकर्मीले समानुपातिक तर्फ मतदान गर्न पाउने
काठमाडौं – निर्वाचन अायाेगका अनुसार सरकारी कर्मचारी , सुरक्षा कर्मी र कारागारमा रहेका कैदीबन्दीले निर्वाचनमा समानुपातिक तर्फ मतदान गर्न पाउने भएका छन ।
मतदानका लागि मतदाता नामावली भएकाे पालीकामा पुग्न नपाउने सरकारी कर्मचारी, सुरक्षाकर्मी र जेलमा रहेका कैदीबन्दीहरुले आफू रहेकै स्थानबाट समानुपातिक तर्फ मतदान गर्न पाउने भएका छन् । त्यसैगरी सरकारबाट स्वीकृती लिएर सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्तिहरुले आफू बसेकै स्थानबाट अस्थायी मतदाताका रुपमा समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् ।
अस्थायी मतदाताले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउनेछन् । प्रत्यक्षतर्फ उनीहरुले मतदान गर्न पाउँदैनन् । आयोगले आजबाट कार्यस्थलबाटै समानुपातिक तर्फ मतदान गर्न पाउने प्रयोजनका लागि अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ । अस्थायी मतदाता नामावलीमा नाम समावेश हुन आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको हुनुपर्ने आयोगले जनाएको छ ।
अस्थायी मतदाता नामावलीमा समावेश गरिएका मतदाताले प्रतिनिधि सभा तर्फको समानुपातिक निर्वाचन प्रणाली तर्फमात्र मतदान गर्न पाउने व्यवस्था छ ।
आगामी ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि आयोगले समानुपातिक निर्वाचन प्रणाली अनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली संकलन तथा अद्यावधिक गर्न लागेको हो ।
निर्वाचनका बेलामा कार्यस्थलमा खटिने ठूलो संख्याका संचारकर्मी मतदानका लागि आफ्नो गाउँसम्म जान भ्याउँदैनन् । यसअघि ललितपुरको हिमालय होटलमा निर्वाचन आयोगले आयोजना गरेको सम्पादकसँगको अन्तरक्रियामा पत्रकारलाई पनि कार्यस्थलबाटै भोट हाल्न सुविधा दिइनपर्ने माग उठेको थियो ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस