एमालेले वनायो प्रदेशसभा निर्वाचन समन्वय समिति
रामेछाप । नेकपा एमाले रामेछापले जिल्लाका दुवै निर्वाचन क्षेत्रमा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय समितिको गठन गरेको छ । जिल्ला अध्यक्ष आनन्द श्रेष्ठको अध्यक्षतामा बुधबार सम्पन्न पाँचौं पदाधिकारी बैठकबाट उक्त समितिको गठन गरीएको एमालेले जनाएको छ ।
पार्टी उप सचिव प्रचार तथा प्रकाशन विभागका प्रमुख प्रकाश कुमार कार्कीका अनुसार प्रदेश क को संयोजकमा होतराज ढकाल रहेका छन् । उक्त समितिको सह संयोजकमा आसवहादुर तामाङ र सचिवमा भोला खड्का रहेका छन् । समितिमा जिल्ला सदस्यहरु, पालिकाका पदाधिकारीहरु, पालिकाका वडा समितिका अध्यक्षहरु र वडा अध्यक्ष तथा सो भन्दा माथिका जनप्रतिनिधिहरु सदस्य रहनेछन् ।
यसैगरी प्रदेश क को संयोजकमा मिलनकुमार घिसिङलाई तोकिएको छ । उक्त समितिको उप संयोजकमा उज्वल सुवेदी, सचिवमा मखमली श्रेष्ठ रहेका छन् । उक्त समितिमा पनि जिल्ला समितिका सदस्य, गाउँ समितिका पदाधिकारी, वडा अध्यक्ष र सो भन्दा माथिका जनप्रतिनिधिलाई पदेन सदस्य रहने व्यवस्था गरीएको कार्कीले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस