सभापति कान्छाराम विरुद्ध बहुमत सदस्यकाे विज्ञप्ति
रामेछाप – नेपाली कांग्रेस रामेछापका सभापती पूर्णबहादुर तामाङ (कान्छाराम) विरुद्धमा जिल्ला समितिका बहुमत सलस्यले बिज्ञप्ती जारी गरेका छन् ।
सभापती कान्छारामकाे गतिविधि विधि र विधान विपरीत भएकाे अाराेप लगाउदै उपसभापति सहित २६ सदस्यकाे हस्ताक्षरमा मंगलबार विज्ञप्ति जारी गरेकाे छ ।
सभापतिकाे गतिविधि र कार्यशैलीका कारण पार्टीलाई परेकाे असर र आगमी मंसिर ४ मा हुने निर्वाचनमा पर्ने प्रभावलाई समेत मध्येनजर गरि सभापतिलाई कार्यशैली सुधार्न सुझाव दिदा समेत , मनाेमानी ढङ्गले अवैधानिक र अलाेकतान्त्रिक कियाकलाप गरेर विधान विपरीत शुभेच्छुक संस्था प्रेस युनियनका अध्यक्षलाई कारबाही गरेकाे र पार्टीका साथिहरुलाइ गाली गलाैच गर्ने गरेकाे कुरा उल्लेख गर्दै सभापतिले अझै अाफ्नाे गतिविधि तथा कार्यशैली नसुधारे अप्रिय कदम चाल्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
कांग्रेसको १४ औं जिल्ला अधिवेशनबाट तामाङ जिल्ला सभापतिमा निरेवाचित भएका हुन । तामाङ सभापति भएदेखि नै कार्यसमितिकाे बैठकहरुमा सभापतिकाे कार्यशैली अलोकतान्त्रिक, अराजनीतिक भएको कारण कार्यसमितिका सदस्यहरुले पटक–पटक सभापतिको निर्णयप्रति असहमित जनाउँदै आएका थिए ।
समितिका पदाधिकारी तथा सदस्यहरुले सभापतिलाई विधान अनुरुप चल्न अनुरोध गर्दागर्दै पनि केहि राजनीतिक स्वार्थीहरुको स्वार्थ सिद्ध हुने गरी पार्टीलाई अबैधानिक र अलोकतान्त्रिक तरिकाले सञ्चालन गरेको उनीहरुको आरोप छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस