करले रेकर्ड नराख्दा व्यवसायी दोहोरो मारमा
रामेछाप – साविकका कर कार्यालयले आफुले बुझेको करको रेकर्ड जिम्मेवारी सरेको निकायलाई नबुझाउदा रामेछापका व्यवसायिहरुले दोहोरो कर तिर्नुपर्ने भएको छ । बर्षौ देखि कर तिर्दै आएका व्यवसायीहरुको समेत बक्यौता देखाएपछि व्यवसायीहरुमा अन्यौलता बढेको हो ।
रामेछाप जिल्लाका व्यवसायीहरुले २०५८ साल देखि कर कार्यालय जनकपुरमा कर वुझाउनु पर्दथ्यो । उक्त कार्यालयमा कर वुझाएको करको रेकर्ड पछि जिम्मेवारी लिएका कर कार्यालय संग नभएको तर बक्यौता लगत मात्र रहेकोले व्यवसायीहरु मर्कामा परेको रामेछाप उद्योग वाणिज्य संघले जनाएको छ ।
जनकपुरको कर कार्यालय भक्तपुर , धुलिखेल हुदै हाल करदाता सेवा कार्यालयको रुपमा रामेछाप आएपछि व्यवसायीको लगत बारे जानकारी पाएका हुन । धेरै व्यवसायीको बर्षौ देखिको कर नबुझाएको बक्यौता करदाता सेवा कार्यालयको तथ्याङ्कले देखाएको छ ।
रामेछापका धेरै व्यवसायीहरुको २०५१/५२ देखिको कर तिर्न बांकी रहेको लगत कर कार्यालयले कसेको छ । जवकि जनकपुर, भक्तपुर र धुलिखेल कर कार्यालयमा हरेक बर्ष कर दाखिला गरी कर चुक्ता समेत लिदै आएका व्यवसायीको लगत समेत सो लगतमा समावेश गरीएको छ । कर कार्यालयको सफ्टवेयरमा पहिले वुझाएको करको विवरण प्रविष्टि नगर्दा समस्या भएको हुन सक्ने करदाता सेवा कार्यालयका कार्यालय प्रमुख कृष्णप्रसाद न्यौपानेले वताएका छन् ।
रामेछाप उद्योग वाणिज्य संघले व्यवसायीलाई दोहोरो कर लगाउने गरी राखिएको उक्त तथ्याङकलाई सुधारका लागि माग गरेको संघका कार्यकारी अधिकृत नविन केसीले वताएका छन् । उनले नेपाल उद्योग वाणिज्य संघ मार्फत समस्याको समाधानका लागि पहल गर्न समेत पत्राचार भएको वताए ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस