४ लाख बराबरको लत्ताकपडा र सुपारी प्रहरीद्वारा बरामत
झापा- नेपालकाे पूर्वी नाका झापाको काकडभिट्टाबाट ४ लाख बराबरकाे लत्ताकपडा र सुपारी प्रहरीले बरामद गरेको छ । प्रहरीले ५० हजारको सुपारी र ३ लाख ५० हजारको सटिङसुटिङको कपडा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले मेचिनगर नगरपालिका-६ स्थित काकडभिट्टा नाकाबाट भारततर्फ अवैधरूपमा लैजाँदै गरेको पाँच बोरा सुख्खा सुपारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिएकाे छ ।
प्रवक्ता पाठकका अनुसार सोही नाकाबाट भन्सार छलेर नेपाल भित्र्याउदै गरेकाे चार पोका कपडा प्रहरीले बरामद गरेको छ ।
बरामद गरिएको सुपारी र कपडालाई आवश्यक कारवाहीका लागि आइतबार मेची भन्सार कार्यालय काकँडभिट्टा बुझाइसकेको प्रहरीले जनाइएको छ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस