अर्थमन्त्री शर्माको राजिनमा
काठमाण्डौं । अर्थ मन्त्री जनार्दश शर्मा प्रभाकरले बुधबार अर्थ मन्त्री पद बाट राजिनामा गरेको घोषणा गरेका छन् । संघीय संसदमा संवोधनको क्रममा संसदिय समितिलाई छानविनका लागि सहज वनाउनका लागि राजिनामा दिएको शर्माले दावि गरे ।
आगामी आर्थिक बर्षको बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई संवेदनसिल मानिने राजश्वको दर हेरफेर गर्नका लागि लगाएको विषय बाहिरीएपछि महिना दिन देखि उनको आलोचना सहित राजिनामाको माग हुदै आएको थियो । उनले उक्त कार्यमा अवान्छित विचौलियालाई लगाएको प्रमाण सहित विभिन्न संचार माध्यममा समाचार प्रकाशित भएपछि उक्त विषय छानविन हुनु पर्ने माग सडक र सदनमा हुदै आएको थियो । मन्त्री परिषदका केहि सदस्यले समेत शर्माले राजिनामा दिनु पर्ने वताएका थिए ।
यसैविच बजेट निर्माणमा विचौलियाको प्रवेश र राजश्वको दर परिवर्तन गरेको विषय अव संसदिय समितिले छानविन गर्ने भएको छ । संसदले बुधबारनै ११ सदस्यीय संसदिय छानविन समिति गठन गरेको छ । उक्त समितिमा सत्तारुढ दलका अतिरीक्त प्रमुख प्रतिपक्ष दलका सांसदहरु सदस्य रहेका छन् । समितिले अर्थ मन्त्रालयमा बजेट वनाउने विषय देखि सिसीटिभि फुटेज हटाएको विषयमा समेत छानविन गर्नेछ । संसदिय व्यवस्थामा कुनै पनि विषयको छानविनका लागि संसदिय छानविन समिति वनाउने कुरा महत्वपूर्ण र गम्भिर विषयको रुपमा लिने गरिन्छ ।
क्याटेगोरी : अर्थ, राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस