रामेछाप जिल्ला समन्वय प्रमुखमा काँग्रेसकी कार्की
रामेछाप । जिल्ला समन्वय समिति रामेछापको प्रमुखमा गठवन्धनकी उम्मेदवार नेपाली काँग्रेसकी नेतृ चीना खड्का कार्की निर्वाचित भएकी छिन् । कार्की ९ मत सहित निर्वाचित भएकी हुन । अाइतबार भएकाे निर्वाचनमा प्रमुख पदका लागि प्रत्यासि नेकपा एमालेका तुलप्रसाद कँडेलले ६ मत पाएका थिए । निर्वाचनका लागि काँग्रेस र माओवादी केन्द्रको गठवन्धन थियो ।
जिल्ला समन्वयको निर्वाचनका लागि ८ पालिकाका १६ जना मतदाता रहेकोमा प्रमुखका लागि १५ मत मात्र परेको थियो ।
उप प्रमुखमा माओवादी केन्द्रका प्रेमसागर थापा निर्वाचित भएका छन् । उनले १० मत पाए भने उनका प्रत्यासी नेकपा एमालेकी सावित्री सुनुवारले ६ मत पाएकी थिईन । जिससमा प्रमुख सहित ४ पदमा काँग्रेस र उप प्रमुख सहित ५ पदमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् ।
प्रमुख पदमा निर्वाचिन कार्की उमाकुण्ड २ बाम्तीबाट निर्वाचित महिला सदस्य हुन । यस अघी कार्कीले काँग्रेसको विभिन्न तहमा रहेर कार्य गरेको अनुभव संगालेकी छिन् । उप प्रमुख थापा सुनापति ५ खनियापानीबाट निर्वाचित वडा सदस्य हुन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस