लिखुतामाकाेसीमा कांग्रेसकाे जित सुनिश्चित छ : महत
रामेछाप – लिखुतामाकोसी गाउँपालिकाका अध्यक्षका पदका उम्मेद्वार केशव महतले काँग्रेसको जित सुनिश्चित भएको दावी गरेका छन् । लिखुतामाकाेसी ४ बिजुलीकोटमा शनिबार चुनावी सभालाई सम्बाेधन गर्ने क्रममा महतले पालिकाका सबै वडा सहित पालिका कांग्रेसले जित्ने निश्चित भएकाे बताएका हुन् ।
अध्यक्षका उम्मेदवार महतले चुनावी सभालाई सम्बोधन गर्दै भने यहाँका जनताले परिवर्तन चाहेका र त्यो परिवर्तन काँग्रेसले मात्र दिन सक्ने भएकाे हुदा लिखुतामाकाेसी गाउँपालिकामा यश पटक कांग्रेसकाे जित सुनिश्चित भएकाे हाे । यश अघि २०७४ काे निर्वाचनमा एमालेले चुनाव जितेकाे थियाे । एमालेका उम्मेदवारले चुनाव जितेपछि जनप्रतिनिधिले राज्य सत्ताको दुरुपयोग गरेर नागरिकलाइ दु:ख मात्र दिएकाे बताउदै पालिकाकाे मुहार फेर्न र विकास गर्न कांग्रेसकाे विकल्प नभएकाे नागरिकले बुझिसकेकाे भन्दै उनले कांग्रेसले चुनाव जित्नेमा अाफु ढुक्क रहेकाे बताए ।
नेपाली कांग्रेस लिखुतामाकाेसी गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार केशव महतले पालिकाकाे ७ वटै वडाका नागरिकको घरमा पुगेर मत माग्ने कार्यक्रम सकेकाे छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट पालिकाकाे अध्यक्षमा केशव महत र उपाध्यक्षमा सरस्वती गुरुङ खड्का उम्मेद्वार रहेका छन् । त्यस्तै एमालेबाट अध्यक्षमा कमल कुमार कडेरिया र उपाध्यक्षमा दीपा पाख्रिन उम्मेद्वार रहेका छन् भने माओवादी र नेकपा एकीकृत समाजवादीको गठबन्धनबाट नवराज पौडेल अध्यक्षमा र उपाध्यक्षमा ध्रुव कुमार कार्की रहेका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस