एमाले कार्यकर्ताले काँग्रेस कुटे
रामेछाप । निर्वाचनको मिति नजिकीदै जादा रामेछाप नगरपालिकाको रामपुरमा एमाले कार्यकर्ताहरुले नेपाली काँग्रेसका कार्यकर्ता माथि सांघातिक आक्रमण गरेका छन् ।
शुक्रबार निर्वाचनको प्रचार प्रसारमा हिडेका नेपाली काँग्रेसका कार्यकर्ता दानवहादुर तामाङलाई एमाले कार्यकर्ताले रामपुरमा सांघातिक आक्रमण गरी घाईते बनाएका छन् । घाईते तामाङको अनुहार र शरिरका विभिन्न भागमा चोटपटक लागेको छ ।
आक्रमणबाट बच्न सफल तामाङको रामेछाप अस्पतालमा उपचार भइरहेको छ । आक्रमणमा सम्लग एमाले कार्यकर्ताहरु विरुद्ध कारवाहिको लागि प्रहरी चौकी रामेछापमा जाहेरी हालेका छन् । प्रहरीले आक्रमणमा सम्लग्नको खोजिलाई तिव्र पारेको छ ।
रामेछाप नगरपालिकामा फेरी पनि हार्ने मानसिकता वनाएपछि एमाले आक्रमणमा उत्रिएको हो । पहिलो निर्वाचनमा एमालले पराजय भोगेको थियो । नेपाली काँग्रेसबाट नगर प्रमुखका उम्मेदवार लबश्री न्यौपाने र उप प्रमुखका उम्मेदवार बालकुमारी कार्की थापा लगाएत रामपुरमा काँग्रेसको फराकिलो मतान्तरले विजय हुने निश्चित देखेपछि एमाले कार्यकर्ताहरु अताल्लिएका छन् । निर्वाचनका लागि स्वच्छ प्रचार प्रसार कार्यको विरोध गर्नु र सांघातिक हमला गर्नुले एमालेको चरित्र उदाङ्गो भएको काँग्रेस नेतृ कुमारी हायुले वताइन ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस