युवालाई राेजगारी ,स्वास्थ्य र शिक्षा सबैलाई बराबरी : उपप्रमुख लामा
चितवन -राप्ती नगरपालिका उप प्रमुखका उम्मेदवार देवेन्द्र लामाले राप्तीका युवाको लागी रोजगारी, स्वास्थ्य र शिक्षामा सबैलाई बराबरी भन्ने नारा सहित अाफ्नाे अभियानको थालनी गरेका छन् ।
नेपाली कांग्रेसकाे तर्फबाट राप्ती नगरपालिकाकाे उप प्रमुखका उम्मेदवार देवेन्द्र लामाले नगरपालिकाका युवाहरुका लागि उपयुक्त राेजगारीकाे व्यवस्था मिलाउने र नगरका सम्पुर्ण नागरिकलाई स्वास्थ्य र शिक्षामा बराबर अधिकार स्थापित गर्ने गरि अाफुले अभियान चालेकाे बताएका छन् । लामाले सम्पुर्ण बालबालिकाका लागि गुणस्तरीय शिक्षा प्रदान गर्न र सबैकाे प्राथमिकता सामुदायिक विद्यालय बनाउनका लागि सामुदायिक विद्यालयको स्तर उन्नतीमा सदैव लागी पर्ने पनि लामाले बताउएका छन् ।
चुनावी तालमेलमा नेपाली कांग्रेसकाे तर्फबाट राप्ती नगरपालिकाकम उप प्रमुख पदका उम्मेदवार लामा यस अघि २०७४ काे स्थानिय निर्वाचनमा राप्ती नगरपालिका ९ काे निर्वाचित वडा अध्यक्ष हुन । उनी वडा अध्यक्षमा निर्वाचित हुदा वडामा रहेकाे सामुदायिक विद्यालयकाे स्तर उन्नती र गुणस्तरीय शिक्षाका लागि उल्लेखनीय कार्यहरु गरेका थिए ।साथै लामाले वडा अध्यक्ष पदमा रहदा सरकमरले प्रदान गरेकाे सेवा सुविधा पनि तिनै वडावासिकाे हितमा लगानी गरेका थिए । उनले वडा अध्यक्ष हुदा कुनै पनि सरकारी सेवा उपभाेग नगरी नागरिकाे सेवा गरेका थिए ।
वडा अध्यक्षमा निर्वाचित भएर प्रशंसनीय काम गरेर सफल वडा अध्यक्षका रुपमा पहिचान बनाएका लामालाई नेपाली कांग्रेसले राप्ती नगरपालिकाकाे उप प्रमुखकाे उम्मेदवार बनाएकाे छ । लामा भन्छन् मलाई कमाउनु छैन मेराे अाफ्नै व्यवसाय छ , म नागरिकको सेवा गर्नका लागि नगरमा उम्मेदवार बनेकाे हु ,मलाई सेवा गर्ने माैका नागरिकले मतदान गरेर दिनेमा विस्वस्त छु ।”लामाले यस पटक पनि अाफु निर्वाचित हुनेमा विस्वस्त रहेकाे बताए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- २ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ३ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ४ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ५ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ६ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ७ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ८ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी















प्रतिक्रिया दिनुहोस