सरकारी सुविधा लिन्न ,विपन्न र प्रसुति सेवाका लागि नि:शुल्क एम्बुलेन्स सेवा दिन्छु : गिरी
रामेछाप -मन्थली नगरपालिका १३ फुलासीका वडा अध्यक्षका उम्मेदवार हरिराम गिरिले वडा अध्यक्षमा निर्वाचित भए सरकारी सुविधा नलिने घाेषणा गरेकाे छन्। अाफ्नाे घरव्यवहार चलाउन र कमाउनका लागि नभइ विशुद्ध नागरिकको सेवाका लागि उम्मेदवारी दिएकाे बताउनदै गिरीले कुनैपनि सरकारी सुविधा नलिने बताएका हुन्
सरकारी सेवाबाट निवृत्त भएका गिरीले सामाजिक सेवा कै लागि अाफ्नाे उम्मेदवारी रहेकाे हुदा वडा अध्यक्ष भएपछि प्राप्त हुने सरकारी सुविधा पनि सामाजमा रहेका विपन्नहरुकाे पहपचान गरि तीनै व्यक्तिको स्वास्थ र शिक्षामा लगानि गर्ने बताएका छन् । गिरीले प्रसुति तथा विपन्नहरुकम लागि एम्बुलेन्स सेवा नि: शुल्क गर्ने, अन्यलाई ५० प्रतिशत छुटमा सेवा उपलब्ध गराउनुका साथै वडा मानै सबे खाले राेगकाे परिक्षण तथा उपचारका लागि व्यवस्था मिलाउनुका साथै वडामा नै ५ वेड सहितकाे अस्पताल निर्माण गर्ने बताएका छन् ।
त्यसैगरि गिरीले किसानहरुकाे कृषिमा देखा पर्ने सबै खाले समस्या समाधानका लागि वडामा अनिवार्य रुपमा कृषि प्राविधिककाे व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरेका छन् । समृद्ध वडा सुखि वडाबासी भन्ने मूल नारालाई सार्थकता दिनका लागि सबै क्षेत्रमा अावस्यक कार्यक्रमहरु गरि वडा अध्यक्षका उम्मेदवार गिरीले प्रतिबद्धता व्यक्त गरेका छन् ।
गिरी नेपाली कांग्रेसमा लामाे समयदेखि क्रियाशील रहेका सक्रिय नेता हुन । उनी नेपाल सरकारकाे प्रहरी सहायक निरिक्षक सेवाबाट निवृत्त पुर्व प्रहरी हुन । गिरी सरकारी सेवाबाट निवृत्त भएदेखि नै विभिन्न किसिमकाे सामाजिक काममा क्रियाशील व्यक्ती हुन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस