रामेछापमा ३३६ पदका लागि १२५९ काे उम्मेदवारी
रामेछाप -रामेछाप जिल्लाकाे ८ वटा पालिका र ६४ वटा वडामा ३३६ पदका लागि १ हजार २ सय ५९ जनाकाे उम्मेदवारी परेकाे छ ।
बैशाख ३० गते हुने स्थानिय तहकाे निर्वाचनका लागि विभिन्न पदमा गरि जम्मा १ हज २ सय ५९ जनाकाे उम्मेदवारी परेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय मन्थलीले जानकारी दिएकाे छ । रामेछाप जिल्लामा रहेकाे २ नगरपालिका र ६ गाउपालिका र ६४ वटा वडामा गरि निर्वाचित हुने पद ३३६ का लागि १ हजार २ सय ५९ जनाकाे उम्मेदवारी परेकाे छ ।
जस्मा मन्थली नगरपालिका प्रमुखकाे पदका लागि ९ जना, उपप्रमुखबा लागि ६ जना त्यस्तै रामेछाप नगरपालिका प्रमुखका लागि ४ जना र उपप्रमुखका लागि ५ जनाकाे उम्मेदवारी परेकाे छ । यसैगरि खाडादेवी गाउपालिका अध्यक्षका लागि ५ जना र उपाध्यक्षका लागि ४ जनाकाे उम्मेदवारी परेकाे छ भने सुनापति गाउँपालिका अध्यक्षका लागि ६ जना र उपाध्यक्षका लागि ४ जनाकाे उम्मेदवारी रहेकाे छ । त्यसैगरी दाेरम्बा सैलुङ्ग गाउपालिका अध्यक्ष पदका लागि ७ र उपाध्यक्ष पदका लागि ४ जनकाे उम्मेदवारी रहेकाे निर्वाचन अधिकृतकाे कार्यालयले जानकारी दिएकाे छ ।
त्यस्तै लिखुतामाकाेसी गाउपालिका अध्यक्ष पदका लागि ६ जना र उपाध्यक्ष पदका लागि ४ जनाकाे उम्मेदवारी परेकाे छ । त्यसैगरि गाेकुलगंगा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदका लागि ४ -४ जनाकाे उम्मेदवारी परेकाे छ भने उमाकुण्ड गाउपालिकामा अध्यक्ष पदका लागि ४ जना र उपाध्यक्ष पदका लागि ५ जनकाे उम्मेदवारी रहेकाे निर्याचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।
यसरी जिल्लाकाे ६४ वडाहरुमा विभिन्न राजनिती दल तथा स्वतन्त्रका तर्फबाट वडा अध्यक्ष पदका लागि २ सय ६५ जनकाे उम्मेदवारी रहेकाे छ भने वडा सदस्यहरुमा खुला सलस्यमा ४ सय ७७ , महिला सदस्यमा २ सय २६ र दलित महिला सदस्यमा २०७ जना सहित जिल्लाका सबै तहमा गरि १ हजार २ सय ५९ जनाकाे उम्मेदवारी रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालय मन्थलीले जानकारी दिएकाे छ ।

क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस