मन्थली २ काे वडा अध्यक्षमा कांग्रेसकाे तर्फबाट बस्नेतकाे उम्मेदवारी
रामेछाप -नेपाली कांग्रेसकाे तर्फबाट मन्थली नगरपालिका वडा नम्बर २ काे अध्यक्ष पदका लागि ईश्वर बस्नेतकाे उम्मेदवारी परेकाे छ ।
उम्मेदवार बस्नेत नेपाली कांग्रेसकाे भातृ संस्था नेपाल विद्यार्थी संघकाे राजनिती गर्दै नेपाल तरुण दलमा सकृय
रहेर काम गर्दै अाएका थिए । राजनितीक क्षेत्र साथै सामाजिकमा पनि असल छवि बनाउन सफल बस्नेत स्थानिय निर्वाचनमा पहिलाे पटक भाग दिदै छन् ।
बस्नेतका बुबा केदार बस्नेत भने २०५४ काे स्थानिय निर्वाचनमा कांग्रेसकाे तर्फबाट साविकाे मन्थली गाविस अध्यक्षका उम्मेदवार थिए । बस्नेत नेपाली कांग्रेसका रामेछापका पुराना नेता हुन । बस्नेतले नेपाली कांग्रेसकाे विभिन्न तहमा रहेर संक्रिय राजनिती गरेका थिए ।बस्नेत साविककाे मन्थली गाविसकाे पुर्व इकाई सभापति , जिल्ला समितिकाे दुई कार्यकाल अामन्त्रित सदस्य र मन्थली नगरपालिकाका उपसभापतिकाे भुमिकामा रहेर काम गरेका थिए ।
रामेछाप जिल्लाकाे सदरमुकाम समेत रहेकाे मन्थली नगरपालिका २ साविककाे कठजाेर र मन्थली गाविसका केही वडाहरु मिलेर बनेकाे छ । जस्मा जम्मा मतदाता संख्या १ हजार ८ सय ६३ रहेकाे छ । यस अघि २०७४ काे स्थानिय निर्वाचनमा नेपाली कांग्रेसका उमेद्वार तरणीशंखर अधिकारीले ४ सय ८८ मत प्राप्त गरेर विजयी भएका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस