खाँडादेविका अध्यक्ष प्रेम तामाङ समाजवादीमा
रामेछाप – रामेछापको खॉडादेवि गाउँपालिकाका अध्यक्ष प्रेमवहादुर तामाङ शनिबार एकिकृत समाजवादीमा प्रवेश गरेका छन् । उनी एमाले बाट गाउ‘पालिकामा अध्यक्ष निर्वाचित भएका थिए ।
तामाङले खॉडादेवि गाउँपालिकाबाट पुन अध्यक्षको उम्मेदवारीको दावि गरेका थिए । तर एमालेले उनलाई उम्मेदवार वन्नबाट रोकेको थियो । जिल्ला ईन्चार्ज रहेका आफ्नै पालिकाका कैलाशप्रसाद ढुंगेल प्रति रुष्ट वनेपछि उनले पार्टी परित्याग गरेको वताइएको छ ।
शनिबार एकिकृत समाजवादीमा प्रवेशको क्रममा उनले जारी गरेको विज्ञप्तिमा विकासबादी क्रियाशिलता, सुशासन र जनमैत्रि कामबाट आफ्नै पार्टीका अगुवा आत्तिएको, इश्र्यालु बनेको र बेलाबखत आफै तगारो वनेको आरोप लगाएका छन् ।
आफ्नो लोकप्रियता र जनभावना विपरितको निर्णय भएकाले उक्त पार्टी परित्याग गरेको तामाङको दावि छ । शनिबार मन्थलीमा आयोजित कार्यक्रममा एकिकृत समाजवादीका पोलिटव्यूरो सदस्य देवशंकर पौडेलले तामाङलाई स्वागत गरेका थिए ।
यसैविच खॉडादेवि गाउँपालिकाका एमाले जिल्ला कमिटि सदस्य शेरवहादुर तामाङ र वडा नम्बर ७ का वडा अध्यक्ष अशलसिं तामाङले समेत शनिबारनै एमाले परित्याग गरेका छन् । उनीहरुले पार्टी परित्याग गरेको जानकारी गराए पनि अर्को पार्टीमा प्रवेश गरीसकेका छैनन् । वडा अध्यक्ष तामाङ नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भई करिव १ बर्ष अघी बाट एमालेमा प्रवेश गरेका थिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ रामेछापमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु
- २ तामाङ समाज यूएईद्वारा विद्यालयलाई प्रोजेक्टर सहयोग
- ३ बाढी प्रभावितलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर संचालन हुँदै
- ४ रामेछापमा वृद्ध दम्पतीलाई बन्धक बनाएर डकैती गर्ने गिरोह पक्राउ
- ५ प्रेस युनियन रामेछापको अध्यक्षमा श्रेष्ठ
- ६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गरेको भन्दै नक्कली स्टेटमेन्ट बनाउने पक्राउ
- ७ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- ८ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन













प्रतिक्रिया दिनुहोस