३ दिने भ्रमणका लागि चिनिया विदेशमन्त्री काठमाण्डौंमा
काठमाण्डौ । चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने भ्रमणका लागि शुक्रबार काठमाण्डौं आइपुगेका छन् ।
१९ सदस्यीय टोली सहित वाङ शुक्रबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । भारतको नयाँ दिल्ली हुदै बाङ यी काठमाडौं आइपुगेका हुन् । चिनियाँ विदेशमन्त्री वाङलाई स्वागतका लागि परराष्ट्रमन्त्री नारायण खड्कासहित उच्च अधिकारीहरु अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए ।
विदेशमन्त्रीसँगै परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतको टोली वाङको स्वागतका लागि विमानस्थल पुगेको थियो । वाङले भारत अघी अफगानिस्तान र पाकिस्तानको समेत भ्रमण गरेका थिए ।
तीन दिने नेपाल बसाईको क्रममा उनले परराष्ट्रमन्त्री खड्का सहित प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरूसँग भेट गर्ने कार्यक्रम छ । भ्रमणको तेस्रो दिन वाङले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस