रामेछाप कांग्रेसकाे काेषाध्यक्ष चयन सँगै विभिन्न ११ शाखा गठन
रामेछाप -नेपाली काँग्रेस रामेछापले कोषाध्यक्ष चयन गर्नुका साथेै विभिन्न ११ वटा शाखाकाे संयाेजक ताेकेकाे छ । साेमबार साघुटारमा बसेकाे कांग्रेस जिल्ला कार्यसमितिकाे नियमित बैठकले यस्ताे निर्णय गरेकाे हाे ।
रामेछाप नगरपालिका ३ साँघुटारमा बसेको नेपाली कांग्रेसको जिल्ला कार्यसमितिको चौथो बैठकले कोषाध्यक्षमा लब बहादुर थापामगरलाई मनाेनित गर्ने निर्णय गरेकाे छ । त्यसैगरि बैठकले विभिन्न क्षेत्र हेर्ने गरी विभिन्न शाखाहरु गठन गरेको छ ।
गठित शाखाकाे संयाेजकहरुमा प्रशिक्षाण शाखाको संयोजकमा जिल्ला उपसभापति नवराज थोकर , लेखा शाखा संयोजकमा ढाकाल बहादुर थापा, अनुशासन शाखा संयोजकमा कमल प्रकाश सुनुवार,संगठन शाखाको संयोजकमा सिताराम कार्की, विकास शाखाको संयोजकमा गुञ्जबहादुर कार्की, प्रचार प्रसार शाखाको संयोजकमा हिमाल ढुंगेल, अभिलेख शाखाको संयोजकमा सुमन्त कुमार कार्की, जिल्ला सम्पर्क समिति शाखा संयोजकमा घनश्याम श्रेष्ठ, कार्यक्रम तथा सम्मन्वय शाखाको संयोजकमा कमन खड्का (दिपेन्द्र), युवा तथा खेलकुद शाखाको संयोजकमा जित बहादुर कटुवाल र बालबालिका तथा जेष्ठ नागरिक शाखाको संयोजकमा चिना कार्की चयन भएका छन् ।
त्यसैगरि पार्टी सभापति पुर्ण बहाद तामाङ(कान्छारम)ले आंमन्त्रित जिल्ला सदस्यमा ३ जनालाई मनोनित गरेका छन् । अामन्त्रित सदस्यमा नवराज ढकाल, तोप बहादुर थापा र मन्जुदेवी पुर्वे मनाेनित भएकाे नेपाली कांग्रेसका जिल्ला सदस्य तथा प्रचार प्रसार विभागका संयाेजक हिमाल ढुङ्गेलले जानकारी दिए ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ पत्रकार पौडेललाई पुष्पलाल स्मृति पत्रकारिता पुरस्कार
- २ वीपी स्मृतिमा वृक्षारोपण , जरा अभियान पनि सम्पन्न
- ३ बीपी स्मृति दिवसमा कांग्रेसको ‘ग्रीन रन’
- ४ गुडिरहेको स्कुटरमा मृग ठोक्किँदा चालक घाइते, थप उपचारका लागि काठमाडौं पठाइयो
- ५ बालिका शिक्षामा रेष्टको योगदान प्रशंसनीय
- ६ रामेछाप पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा
- ७ रामेछापको उद्योग तथा वाणिज्य कार्यालय नमुना कार्यालय
- ८ लागूऔषध नियन्त्रण सप्ताह: सचेतनाकाे कार्यक्रम देखि गाँजाकाे बाेट नष्टसम्म













प्रतिक्रिया दिनुहोस