रामेछापको गुन्सीमा सांस्कृतिक कार्यक्रम
रामेछाप । गुन्सी भदौरे युवा एकता समाज रामेछापको आयोजनामा बुधबार रामेछापको सुनापति गाउँपालिका १ गुन्सीभदौरेमा वृहत देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न कलाकारहरुले मनोरञ्जनात्मक प्रश्तुति गरेका थिए ।
नेपाली काँग्रेस रामेछापका जिल्ला सभापति पूर्णवहादुर तामाङ ( कान्छाराम ) को प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा काँग्रेस नेताहरु भरतप्रसाद चौलागाई, बिनिता खड्का, रत्नहरी ढुंगेल, केशवप्रसाद चालिसे, ध्रुव चौलागाई र प्रदेश सभापति राजेश श्रेष्ठ लगाएतले संबोधन गरेका थिए ।

चौधौं जिल्ला अधिवेशन पछि विभिन्न कार्यक्रम लिएर काँग्रेस जिल्ला सभापति तामाङ , निवर्तमान सभापति लबश्री न्यौपाने लगाएतका नेताहरु गाउँ दौडाहामा छन् । दशैं र तिहारको अवसरमा शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम यस अघि लिखु तामाकोशी गाउँपालिकाको धोवि र गोकुलगंगा गाउँपालिकाको रस्नालुमा सम्पन्न भएका थिए । उक्त कार्यक्रमहरुमा विभिन्न पार्टी परित्याग गरेर सयौं कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रदेश गरेका थिए ।
कार्यक्रममा सहभागि हुन पुगेका काँग्रेस नेताहरुले अवको स्थानीय , प्रदेश र संघको निर्वाचनमा नेपाली काँग्रेसलाई जिताउनका लागि एक ढिक्का भएर संगठनमा लाग्ने प्रण समेत गरेका थिए । काँग्रेसले यस अघिको चोटलाई सम्झेर को उम्मेदवार भन्दा पनि काँग्रेसको उम्मेदवारको हिसावमा सवैले सहयोग गरेमा अरु दलका उम्मेदवारले निर्वाचन जित्न नसक्ने नेताहरुको दावि थियो ।
क्याटेगोरी : मनाेरञ्जन, राजनीति
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस