काँग्रेसमा पुनः मतगणनाको माग
रामेछाप – नेपाली काँग्रेस रामेछापका केहि नेताले गएको जिल्ला अधिवेशनको मतगणनालाई प्रश्न उठाउदै पुन मतगणनाको माग गरी केन्द्रीय निर्वाचन समिति समक्ष माग गरेका छन् ।
घोषित परीणाममा पराजित तर विजय निकट मत प्राप्त गरेका जिल्ला उप सभापतिका उम्मेदवार बेदराज लामा , महाधिवेशन प्रतिनिधि झनकवहादुर श्रेष्ठ, डा. सुमन कर्माचार्य, गजेन्द्र खड्का, सुमित्रा मोक्तान र श्रृजना खड्काले पुनः मतगणनाको माग गरेका हुन ।
महाधिवेशन प्रतिनिधिको लागि व्यवस्था गरेको मतपेटिकामा जिल्ला समितिका पदाधिकारीको मत भेटिएको, जिल्ला कार्यसमितिका पदाधिकारीहरु र सदस्यको मतपेटिकामा महाधिवेशन प्रतिनिधिका ४९ मत भेटिएको र उक्त मत गणना नभएको हुदा पुनः मतदानको माग सहित उनिहरुले मंगलबार केन्द्रीय समितिमा निवेदन दिएका हुन ।
निवेदनमा उम्मेदवारहरुलाई मतगणनाको आचार संहिता बारे जानकारी नदिएको, मतगणना स्थलमा पस्न नदिएको, सिमित उम्मेदवारको दवावमा मत गनिएकोले जित्ने उम्मेदवार हार्ने र हार्ने ले जित्ने संभावना भएको हुदा“ उक्त मतपत्र केन्द्रीय समितिमा झिकाएर पुनः मतगणना गर्न माग गरेको निवेदक मध्येका झनकवहादुर श्रेष्ठले वताए ।
हिमाली जिल्ला रामेछापमा गएको असोज २६ गते जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि मतदान भएको थियो । जिल्लामा निर्वाचन गराउनका लागि खटी आएका जिल्ला निर्वाचन अधिकृत विष्णु लुईटेलले मतपरिणाम घोषणा सहितको प्रतिवेदन र निजहरुको निवेदन समेत राखेर केन्द्रीय निर्वाचन समितिलाई वुझाईसकेको जानकारी समेत श्रेष्ठले दिएका छन् ।
निवेदकहरु विजय भएका उम्मेदवार बाट झिनो मतको अन्तरमा पराजित भएका थिए । गणना नगरीएका ४९ मत गन्दा र आचारसंहिता लाई पूर्ण रुपमा पालना गराउदा महाधिवेशन प्रतिनिधिका केहि विजयी उम्मेदवारले हार्ने कुराको चर्चा काँग्रेस कार्यकर्ताहरु गर्दै आएका छन् ।
क्याटेगोरी : राजनीति, समाचार
ताजा अपडेट
- १ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- २ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ३ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ४ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ५ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ६ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ७ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास
- ८ पत्रकार महासंघकाे स्थापना दिवसमा रामेछापमा विविध कार्यक्रम















प्रतिक्रिया दिनुहोस