पिबि सिन्धुले दीपिका र रणवीरसँग मनाइन् पदकको खुसी
भारत,भदौ २८ गते ।अभिनेत्री दीपिका पादुकोण र ब्याडमिन्टनका स्टार खेलाडी पिबी सिन्धु शनिबार राति मुम्बईको वर्ली इलाकास्थित रेस्टुरेन्टमा गएका थिए । अहिले उनीहरूका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
सिन्धुले टोकियो ओलम्पिक २०२० मा कास्य पदक जितेका थिए । दीपिका, रणवीर र सिन्धुले यस जीतको खुसी डिनर गरेर मनाएका हुन् । दीपिकाले सिन्धुलाई डिनरका लागि बोलाएकी थिइन् । यस दौरान दीपिकामा पति रणवीर सिंह पनि रेस्टुरेन्टमा थिए । रणवीरले दीपिका, सिन्धु र आफ्ना तस्बिरहरू सार्वजनिक गरेका हुन् ।
पिबि सिन्धुले फोटोमा कमेन्ट गर्दै रणवीर र दीपिकासँग समय बिताउन पाउनु निकै खुसीको विषय रहेको बताएका छन् । उनले फेरि चाडै नै भेट्न उत्सुक रहेको बताएका छन् । दीपिकाका बाबु प्रकाश पादुकोण पनि ब्याडमिन्टनका खेलाडी हुन् ।
दीपिका पादुकोण आफ्नो नयाँ फिल्म ‘८३’ मा रणवीर सिंहसँगै देखिनेछन् । बिहेपछि यो जोडी एकसाथ पर्दामा देखिन लागेको यो पहिलो अवसर हो । यसबाहेक दीपिका पादुकोण ‘फाइटर’, ‘पठान’ र ‘द इन्टर्न’ मा पनि देखिनेछिन् । त्यस्तै, रणवीर कपुर पनि ‘सर्कस्’, ‘तख्त’, ‘रकी और रानीकी प्रेम कहानी’ लगायत फिल्ममा देखिनेछन् । एजेन्सी
क्याटेगोरी : अन्तरवार्ता, अर्थ, खेलकुद, मनाेरञ्जन, राजनीति, विचार, विविध, शिक्षा, समाचार, समाज, सम्पादकीय, स्वास्थ्य
ताजा अपडेट
- १ सगरमाथा आराेही श्रेष्ठलाई मन्थली नगरद्वारा सम्मान
- २ रास्वपा रामेछापकाे सभापतिमा पुन : रायमाझी
- ३ बुहारीलाई खुकुरी प्रहार गर्ने ससुरा पक्राउ
- ४ हवाहुरी र चक्रिय भुमरीबाट उमाकुण्ड–२ मा क्षति
- ५ सहकारी अभियानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : डा. परितोष पौडेल
- ६ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- ७ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ८ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम















प्रतिक्रिया दिनुहोस