नेपालमा दर्ता नभएका सामाजिक संजाल बन्द गर्न पत्रचार
काठमाडौं – सरकारले फेसबुक , ट्वीटर (एक्स), युट्युबलगायत विभिन्न २६ वटा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । संचार दर्ता नभएका सामाजिक संजाल बन्द गर्न आजै पत्रचार गर्ने निर्णय समेत गरेकाे छ ।
मन्त्रिपरिषदको निर्णय र सर्वोच्च अदालतको परमादेश कार्यान्वयन गर्नका बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दर्ता नभएका २६ वटा सामाजिक संजाललाई पत्रचार गर्ने निर्णय गरेको हो।
यसअघि सर्वोच्च अदालतले अनुमति नलिएका सामाजिक सञ्जाल र ओभर द टप (ओटीटी) एप्सलगायत इन्टरनेट ब्राउजरबाट विज्ञापनसहित प्रसारण हुने सामग्रीमाथि बन्देज लगाउन तथा नियमनका लागि आवश्यक कानुन निर्माण गर्न सरकारलाई परमादेश जारी गरेको थियो।
न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र शान्ति सिंह थापाको संयुक्त इजलासले सरकारका नाममा बुधबार परमादेश जारी गरेको थियो। सर्वोच्चले विदेशी प्रसारण संस्थाले नेपालमा प्रसारण गर्न अनुमतिपत्र लिनुपर्ने र सरकारलाई आवश्यक कानुन निर्माण गर्न परमादेश दिएको हो।
प्रसारण नियमावलीमा कुनै विदेशी प्रसारण संस्था वा डिजिटल कार्यक्रम उत्पादकले आफ्नो मुलुकबाट प्रशारण गरेको कुनै डिजिटल कार्यक्रमलाई नेपालमा डाउनलिंक गरी प्रशारण गराउन चाहने व्यक्ति वा संगठित संस्थाले अनुमति लिनुपर्ने व्यवस्था छ।
ती सामाजिक सञ्जालहरूले रितपुर्वक नेपालमा दर्ताका लागि आएमा क्रमशः खोलिदिने निर्णय भएको स्रोतको भनाइ छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ विद्यालय स्थापनादेखी ३६ वर्ष एउटै विद्यालयमा अध्यापन गराएका खत्री सेवा निवृत्त
- २ क्यानडामा जनसम्पर्क समिति पुनर्गठन : अध्यक्षमा बसन्त कार्की
- ३ कुलमान घिसिङले मन्त्रीबाट दिए राजिनामा
- ४ रास्वपाका समानुपातिक सुचिबाट नाम फिर्ता लिनेकाे संख्या ६ पुग्याे
- ५ एआई हाम्रो सहयोगी मात्र हो, प्रतिस्पर्धी होइन : प्रेस रजिस्ट्रार सापकोटा
- ६ बुद्ध एयर जहाज दुर्घटनामा को–पाइलटसहित ७ यात्रु घाइते
- ७ शुक्रबार हुनसाथ काठमाडौं नजान कर्मचारीलाई प्रजिअ थापाकाे अनुराेध
- ८ फोनिज रामेछापद्वारा ‘जेन–जी आन्दोलनको राजनीतिक प्रभाव’ विषयक संवाद













प्रतिक्रिया दिनुहोस