मन्थलीका सबै वडा एकैसाथ बालमैत्री घाेषणा : दिगाेपनाका लागि निरन्तरता दिने प्रतिबद्धता
रामेछाप – मन्थली नगरपालिकाकाे १४ वटै वडा बुधबार एकैसाथ मालमैत्री स्थानीय शासन घाेषणा भएबा छन् । नगरका सबै वडाहरुले विभिन्न कार्यक्रम कार्यक्रमका साथ वडालाइ बालमैत्री वडा घाेषणा गरेकाे हाे

मन्थली १ मा संघीय सभा सदस्यतथा निवर्तमान उर्जा राज्यमन्त्रीकाे पुर्ण बहादुर तामाङकाे प्रमुख आतिथ्यतामा विविध कार्यक्रम गरेर वडालाई बालमैत्री वडा घाेषणा गरिएकाे थियाे । त्यस्तै २ वडामा प्रदेश सभा सदस्य तारानाराणकाे प्रमुख आतिथ्यतामा वडालाइ घाेषणा गरिएकाे थियाे ।

यसैगरी मन्थली नगरपालिकाकाे १-१४ वटै वडाहरुमा वडाले विभिन्न कार्यक्रमगरि हर्षाेउल्लासका साथ बालमैत्री वडा घाेषडा गरेकाे छ । यसैक्रममा विभिन्न विध्यालय ,स्वास्थ्य संस्था ,स्वास्थ्य स्वयमसेवक, संघ संस्था,समाजसेविहरुका् याेगदानकाे कदर स्वरुप वडाले सम्मान गरेकाे छ ।

बालमैत्री वडा घाेषित हुनु पूर्व पूरा गर्नु पर्ने सर्त तथा मापदण्डहरु पूरा गर्नुपर्ने व्यवस्था छ । बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ वटा सूचक पूरा गरेपछि वडा बालमैत्री घोषणा भएको हो ।

घोषणासँगै दिगोपनाका लागि कार्यक्रम सहभागीहरुले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका प्रतिबद्धता जायर गरेका छन ।

यसैगरि रामेछाप नगरपालिकाले पनि यश अघि नगरका सबैवडाहरुलाई बालमैत्री घोषणा गरेकाे छ ।

क्याटेगोरी : शिक्षा, समाचार, समाज
ताजा अपडेट
- १ विधि र पद्धतिमा विचलन आए समाज भयभीत हुन्छ : राष्ट्रपति पौडेल
- २ कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक अभियान सुरु
- ३ बाम्तीभण्डारमा बजार अनुगमन, दर्ता–नविकरण नगरेकालाई एक साताको अल्टिमेटम
- ४ मन्थली नगरपालिका उत्कृष्ट नगरका रुपमा सम्मानित
- ५ शिक्षाविद् तथा भाषासेवी विष्णु चित्रकारको हृदयघातबाट निधन
- ६ गुनासो रहित सेवा प्रवाह नै मुख्य उद्देश्य : सहायक प्रमुख जिल्ला अधिकारी केसी
- ७ रामेछाप उद्योग वाणिज्य संघकाे अध्यक्षमा प्रकाश कुमार श्रेष्ठ विजयी
- ८ आयुर्वेद सेवामा आकर्षण बढ्दै, स्थानीय तहसम्म विस्तारको प्रयास















प्रतिक्रिया दिनुहोस