प्रेस चाैतारी रामेछापको अध्यक्षमा लेख बहादुर विक
रामेछाप – प्रेस चाैतारी रामेछापको अध्यक्षमा लेख बहादुर विक सर्वसहमत चयन भएका छन् । मंगलबार मन्थलीमा भएकाे चाैतारी रामेछापको ५ ओै जिल्ला अधिवेशनले अध्यक्षमा विक सहित सम्पुर्ण पद सर्वसहमतीमा चयन गरेकाे छ ।
नेकपा (एमाले) निटक पत्रकार संगठन प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा विक सहित सर्वहमतमा चयन भएका खुल्ला उपाध्यक्षमा शान्ता श्रेष्ठ, समावेशी महिलामा सीता पुरी र सचिवमा डाेर शंकर बरुवाल रहेका छन् ।
त्यस्तै खुल्ला सह-सचिवमा कुमार मिजार,सह-सचिव समावेशीमा मणिराज सुनुवारले चयन भएका छन् भने काेषाध्यक्षमा शर्मिला विसुन्के चयन भएकी छिन् । त्यसैगरी सदस्यहरुमा भवानी खड्का र सञ्जना रसाईली चयन भएका छन् ।
त्यसैगरी केन्द्रीय प्रतिनिधिमा युनिक बिफा घिसिङ र पार्वती पाठक त्यस्तै प्रदेश प्रतिनिधिमा नवराज श्रेष्ठ र सुमित्रा लामा सर्वसहमतमा चयन भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नन्दप्रसाद–जानुका फाउन्डेशनको तेस्रो पुस्तक ‘दोलखाका लोकनायकहरू’ सार्वजनिक
- २ उमाकुण्ड–४ को नवनिर्मित वडा कार्यालय भवन उद्घाटन
- ३ ६१ वर्षीय महिलामाथि जबरजस्ती करणीकाे आरोपमा २१ वर्षीय युवक पक्राउ
- ४ ‘न्यायिक समितिको सारथी’ उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत
- ५ लागू पदार्थ सेवन गरी सवारी चलाउने चालक पक्राउ
- ६ संगीत राेयल्टीकाे नाममा रेडियोकर्मीलाई मुद्दा नचालाउन सर्वाेच्चकाे आदेश
- ७ कर्मचारी र जनप्रतिनिधि बिचकाे समझदारी बिना स्थानिय तहमा समृद्धिकाे सम्भावना छैन : उपाध्यक्ष सुनुवार
- ८ सरकारको निरन्तरताका लागि समर्थन जुटाउने जिम्मा मुख्यमन्त्री बानियाँलाई













प्रतिक्रिया दिनुहोस