• काेसिस न्यूज
  • प्रेस चाैतारी रामेछापको अध्यक्षमा लेख बहादुर विक


    रामेछाप – प्रेस चाैतारी रामेछापको अध्यक्षमा लेख बहादुर विक सर्वसहमत चयन भएका छन् । मंगलबार मन्थलीमा भएकाे चाैतारी रामेछापको ५ ओै जिल्ला अधिवेशनले अध्यक्षमा विक सहित सम्पुर्ण पद सर्वसहमतीमा चयन गरेकाे छ ।

    नेकपा (एमाले) निटक पत्रकार संगठन प्रेस चौतारी नेपाल रामेछापको अध्यक्षमा विक सहित सर्वहमतमा चयन भएका खुल्ला उपाध्यक्षमा शान्ता श्रेष्ठ, समावेशी महिलामा सीता पुरी र सचिवमा डाेर शंकर बरुवाल रहेका छन् । 

    त्यस्तै खुल्ला सह-सचिवमा कुमार मिजार,सह-सचिव समावेशीमा मणिराज सुनुवारले चयन भएका छन् भने काेषाध्यक्षमा शर्मिला विसुन्के चयन भएकी छिन् । त्यसैगरी सदस्यहरुमा भवानी खड्का र सञ्जना रसाईली चयन भएका छन् ।

    त्यसैगरी केन्द्रीय प्रतिनिधिमा युनिक बिफा घिसिङ र पार्वती पाठक त्यस्तै प्रदेश प्रतिनिधिमा नवराज श्रेष्ठ र सुमित्रा लामा सर्वसहमतमा चयन भएका छन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस